बजार दोहोरो अंकले घट्दा ५ कम्पनीका लगानीकर्ताले कमाए, हेरौँ क-कसले कमाए ?

  २०७३ फागुन १ गते १७:५२     विकासन्युज

आइतबार कमाउने पाँच कम्पनी

काठमाडौं । दोहोरो अंकले घटेको आइतबारको सेयर बजारमा जम्मा ५ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् । सो दिन बजारमा १३२ कम्पनीको सेयर कारोबार भएको नेप्से परिसूचकले जनाएको छ ।

बजारमा सबैभन्दा बढी मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले करिब ६ प्रतिशत कमाएका छन् । सो दिन संस्थाको सेयर प्रतिकित्ता ६४६ रुपैयाँ रहेको छ । गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीका लगानीकर्ताले करिब ३ दशमलब ०८ प्रतिशत कमाएका छन् । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०१ रुपैयाँ रहेको छ ।

त्यस्तै, सोल्टी होटल, जेबिल्स फाइनान्स र प्रभु बैंक लि. प्रमोटर सेयरको सेयर मूल्य क्रमशः १.९२, १.६३ र १.६२ अंकले बढेको छ । सो दिन सोल्टीको सेयर मूल्य प्रतिकित्ता २६६ रुपैयाँ, जेबिल्स फाइनान्सको १८७ र प्रभु बैंक लि. प्रमोटर सेयरको सेयरको सेयर मूल्य प्रतिकित्ता १८८ रुपैयाँ रहेको छ ।

आइतबार सेयर बजार ४३ दशमलब ७३ अंकले घटेको छ । १३२ कम्पनीको करोबार भएको बजारमा १२७ कम्पनीले गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.