नेपाली नर्सको तलव जम्मा ४ देखि ८ हजार, अधिकांश नर्सको पीडा एउटै पैसा थोरै, पेलान धेरै

  २०७३ फागुन १ गते ७:४४     विकासन्युज

हेल्थपोष्टको फाइल तस्बिर

काठमाडौं । सिता शर्मा राप्ति उपक्षेत्रिय अस्पताल घोराहीमा काम गर्छिन। उनले त्यस अस्पतालमा काम गरेको २ वर्षभन्दा बढी समय भयो। उनी बेलुका ४ बजे अस्पताल पुग्छिन । अस्पतालका शैथ्यामा विरामीहरुको सेवामा तत्लिन हुन्छिन् ।

राती १० बजे ड्युटी सकिन्छ। घर फर्कदा उनलाई सुरक्षाको कुनै अनुभूति छ न त उनलाई अस्पताल प्रशासनले घरसम्म लगिदिन्छ। यो समस्या सिताको मात्र होइन ।

देशभरका निजी तथा सरकारी अस्पतालमा कार्यरत अधिकांश नर्सहरुको हो। नेपाल नर्सिङ एशोसिएसनको तथ्थांक अनुसार ६७ हजार नर्स नेपालमा दर्ता भएका छन् ।
जसमध्ये ६ हजार ५ सय जना सरकारी सेवामा छन् । २२ हजार निजी अस्पतालमा छन् । केही एनजिओ र थुप्रै विदेशमा छन् । उनीहरुको तलव मासिक ४ हजारदेखि ८ हजार रुपैयाँसम्म हुन्छ।  समस्या उठायो भने जागिर जाने डर उनीहरुमा छ। नेपाल समाचार पत्र दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.