नेपाल एसबिआईको २९ प्रतिशत लाभांश पारित, ४० प्रतिशत हकप्रद निष्कासन गर्ने

  २०७३ माघ २७ गते १८:२९     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकको प्रस्तावित २९ दशमब ५३ प्रतिशत लाभांश पारित भएको छ । उक्त बैंकको प्रस्तावलाई बिहीबार सम्पन्न कम्पनीको २३औँ वार्षिक साधारणसभाले पारित गरेको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २८ प्रतिशत बोनस र १.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव राखेको थियो ।

साथै, सभाबाट पारित भए बमोजिम बैंकले १० बराबर ४ को अनुपात (४० प्रतिशत) मा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । जुन रकमका आधारमा एक अर्ब ९९ करोड १९ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

सो मात्राको सेयर जारी पश्चात संस्थापक सेयरधनीको सेयर स्वामित्व ७० र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व ३० कायम हुने बैंकले जनाएको छ ।

साथै, उक्त सभाले बैंकको आ.व. २०७२/७३ को संचालक समितिको प्रतिवेदन, नाफा नोक्सान बाँडफाँड हिसाव लगायतका वार्षिक आर्थिक विवरण पारित पनि पारित गरेको छ । सोही अवधिमा बैंकले २४१ करोड ६१ लाख रुपैयाँ संचालन मुनाफा र १३३ करोड १९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

साधारणसभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७२/०७३ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ । त्यस्तै, उक्त सधारणसभाले आ.ब. २०७३/७४ को बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिएल श्रेष्ठ एण्ड कं., चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक निर्धारण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.