कोका-कोला मोःमोत्सव फेरी शुरु, नेपालका विभिन्न रेष्टुरेन्टहरुमा आयोजना हुने

  २०७३ माघ २७ गते १३:२४     विकासन्युज

काठमाडौं। गत वर्षको मोःमोत्सवको अपार सफलतापछि, कोका-कोलाले आफ्ना महत्वपूर्ण उपभोक्ताहरुको लागि मोमोत्सव फेरी ल्याएको छ । कोका-कोलाले नेपालका प्रमुख चेन रेष्टुरेन्टहरु तथा भोजनालयहरुसँगको सहकार्यमा अनुपम ‘कोका-कोला मोःमोत्सव’ गत वर्ष देखि आयोजना गर्दै आएको हो । यस मोःमो अभियानले कोका-कोलाका साथमा मोमोहरुको विभिन्न प्रकारको स्वाद लिन सकिने र आफ्नो अनुभवलाई अझै उत्कृष्ट बनाउने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यस वर्षको मोःमोत्सव महोत्सव बुधबारदेखि शुरु भएको छ भने मध्य मार्चसम्म आयोजना हुनेछ । यो अभियानको एक भागको रुपमा, चर्चित कलाकार तथा खानाको पारखी प्रियंका कार्की र नेपालको राष्ट्रिय फुटबल टिमका खेलाडीहरुका साथमा विभिन्न आउटलेटहरु भ्रमण गर्नेछन् । विभिन्न आउटलेटहरुमा कोका-कोला र मोःमोको संयुक्तरुपमा आनन्द लिईरहेका व्यक्तिहरुलाई सेलेब्रेटीहरुले सोहि स्थानमा भेट्ने छनु भने मोःमोका पारखीहरुले विभिन्न रमाइला पुरस्कारहरु जित्न सक्नेछन् ।

मोःमोत्सव अभियानमा मोःमो खाने विशेष प्रतिस्पर्धा पनि राखिएको छ । जसको लागि फुटबल खेलाडी जसले यो प्रतिस्पर्धामा जित्न सक्दछ जस्तो लाग्दछ त्यसलाई आफूले समर्थन गर्न सकिनेछ । फेबु्रअरी महिनालाई प्रेमको महिना भनेर चिनिन्छ । यो मोःमोत्सवको अवधिमा, प्रियंका कार्कीले तपाईँको महत्वपूर्ण व्यक्तिलाई आफ्नो भावना फरक तरिकाले दर्शाउनका लागि तपाईँलाई सहयोग गर्नेछिन् ।

विभिन्न आउटलेटहरुमा विभिन्न कार्यक्रमहरुका साथ यो महिनाभर तपाईँले सरप्राइजका प्राप्त गर्नका लागि प्रतिक्षा गर्नुहोस् रतपाईँले कोका–कोलाको आधिकारिक फेसबुक पेज पनि फलो गर्न सक्नुहुनेछ । यसको लागि ग्राहकहरुले कोका–कोलाको आधिकारिक फेसबुक पेज लाइक गर्नुपर्ने हुन्छ । यो उत्समा सहभागी हुनका लागि कोका–कोला र मोःमो संग आफ्नो सेल्फि खिचि #Cokeandmomo का साथ @CocaCola ट्याग गरी Facebookमा आफ्ना पोस्टहरु पब्लिक गरी अपलोड गर्नुपर्ने हुन्छ ।

कोका-कोला र खाना सधै संगसंगै आउदछ त्यसैलले कोक र मोःमो संगै ल्याएर उत्सव मनाउने यो भन्दा उत्कृष्ट तरिका अर्को हुन सक्दैन । प्रियंका कार्कीका साथमा हाम्रो राष्ट्रिय फुटबल खेलाडीहरु पनि यो अभियानको बारेमा निकै उत्सुक रहेका छन् र उनीहरुले आफ्ना मनपर्ने खाना, साथीहरु तथा परिवारहरुको साथमा आनन्द उठाउन यो मोःमोत्सवमा सहभागी भएर अनुभव लिने अपेक्षा गरिएको छ । कोका-कोलाले नेपालभर आफ्ना ग्राहकहरुका लागि नौला र रुचिकर अवसरहरु निरन्तर ल्याउने गर्द छ र मोमो उत्सव पनि अन्य कार्यक्रमहरु जस्तै रुचाईएको छ ।
मोःमोत्सव काठमाडौं उपत्यका, पोखरा, धरान, इटहरी र बिराटनगरका विभिन्न रेष्टुरेन्टहरु तथा भोजनालयहरुमा आयोजना हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.