नेपाल लाइफ इन्स्योरेन्सले २६ प्रतिशत बोनस दिने, एफपीओकाे सेयर पाउनेले पनि बोनस सेयर पाउने

  २०७३ माघ २७ गते १२:४२     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई २६ दशमलब ३१ प्रतिशत बोनस दिने निर्णय गरेको छ । माघ २६ गते बसेकाे कम्पनीकाे सञ्चालक समितिकाे बैठकले उक्त निर्णय गरेकाे हाे ।

कम्पनीले गत महिनामा जारी गरेको एफपीओ पश्चातको पूँजीमा सो मात्राको बोनस दिने निर्णय गरेको हो । कम्पनीले गत पुस २७ गतेदेखि ३० लाख ९६ हजार ४२९ कित्ता थप नयाँ साधारण सेयर (एफपीओ) को बिक्री खुला गरेको थियो । उक्त सेयर बाँडफाँड हुन बाँकी छ ।

कम्पनीले सेयरधनीलाई गत वर्षको नाफाबाट ६१ करोड १२ लाख ९२ हजार रुपैयाँ बराबरकाे बोनस सेयर र कर प्रयोजनको लागि ३ करोड २५ लाख ९३ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । उक्त लाभांश एफपीअाे जारी गर्नुअघिकाे चुक्ता पुँजीकाे अाधारमा ३० दशमलब ०८ प्रतिशत भएकाे कम्पनीले जनाएको छ ।

उक्त लाभांश प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले  पाउने छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.