विश्वको भविष्य महिला, विश्वको नेतृत्व लिन महिलालाई आग्रह: हिलारी क्लिन्टन

  २०७३ माघ २६ गते १३:५१     विकासन्युज

अमेरिका । सन् २०१६ को अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार रहेकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले मङ्गलबार एक भिडियो सन्देश जारी गर्दै विश्वको भविष्य महिला भएको बताएकी छन् ।

गत महिना दशौँ लाख महिलाद्वारा गरिएको प्रदर्शनले महिला अब आफ्नो अधिकारका लागि मात्र सङ्घर्ष गर्ने नभएर विश्वको नेतृत्व लिन अग्रसर हुने बताए ।

साहसी महिला अब अघि बढ्नु पर्छ र बोल्नुपर्छ भन्दै उनले किशोरी र महिला अब विश्वको भविष्यका लागि चिन्तित हुन आग्रह गरेका छन्।

सन्देश सोमबार सुरु भएको तीनदिने ‘मेकर्स’ सम्मेलनका अवसरमा तयार पारिएको थियो । सम्मेलनमा अमेरिकाका उच्च पदस्थ राजनीतिकर्मी, सिने कलाकार र व्यवसायीहरुको सहभागिता रहेको छ । रासस/एपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.