एनसेलले ल्यायो भ्यालेनटाइन अफर, अाफ्नाे प्रिय मान्छेलार्इ ५० पैसामा फाेन गर्न सकिने

  २०७३ माघ २५ गते १७:२३     विकासन्युज

Ncell_Main-Logoकाठमाडौं ।  एनसेलका ग्राहकहरुले आफुले छानेको एउटा विषेश नम्बरमा अब अझ सुलभ दरमा कुरा गर्न सक्नेछन् र रिङ ब्याक टोनमा पनि ५० प्रतिशत छुटको मजा पनि लिन सक्नेछन् । यही बुधबार (माघ २६) देखि लागु हुने गरी देशको अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले भ्यालेनटाइन अर्थात प्रणय दिवशको अवसारमा दुई आकर्षक योजनाहरु सार्वजनिक गरेको छ ।

एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले एउटा एनसेल नम्बरलाई आफ्नो नम्बरसँग पेयर गरी आफ्नो प्रियजनसँग अझ सुलभ दरमा  कुरा गर्न सक्नेछन् । आफ्नो नम्बरसँग आफुले चाहेको अर्को एनसेल नम्बर पेयर गरी मात्र ५० पैसा (कर बाहेक) प्रति मिनेटमा कुरा गर्न सक्नेछन् । यसका साथै यो सेवा सुचारु गर्ने ग्राहकले १०० वटा एसएमएस निःशुल्क पाउनेछन् । प्राप्त एसएमएस १५ दिनको लागि मान्य हुनेछ र निःशुल्क एसएमएस पेयर गरिएको नम्बरमा मात्र पठाउन सकिने साे कम्पनीले जनाएकाे छ ।

कम्पनीका अनुसार ग्राहकहरुले १७१०६ डायल गरी यो सेवा निःशुल्क सुचारु तथा आफुले चाहेको एनसेल नम्बर पेयर गर्न सक्नेछन् । ग्राहकले एस्ट्रिक्स् १७१०६ एस्ट्रिक्स् पेयर गरिने मोबाइल नम्बर ह्यास डायल गरेर पनि यो सेवा सुचारु गर्न सक्नेछन् । त्यस्तै एसएमएम मार्फत पनि यो सेवा सुचारु गर्न सक्नेछन् । यसका लागि ग्राहकले अंग्रेजीमा एड अर्थात एडिडि (ठूलो ए र सानो अक्षरमा डिडि) स्पेस पेयर गरिने मोबाइल नम्बर टाइप गरी १७१०६ मा एसएमएम पठाउन सक्नेछन् ।

त्यस्तै पिआरबिटि सेवाको छुट अन्तर्गत, एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले १७११७ डायल गरी प्राप्त निर्देशन अनुसार २० वटा रोमान्टिक गीतहरुको सुचिबाट आफ्नो रोजाइको गीतलाई ५०% छुटमा आफ्नो रिङ ब्याक टोन बनाउन सक्नेछन् । आफ्नो साथीभाईलाई कल गर्दा बज्ने रिङ ब्याक टोन यदी मन परेमा ग्राहकले उक्त टोन बजिरहेको बेलामा एस्ट्रिक्स् डायल गरि त्यस टोनलाई कपी गर्न सक्नेछन् । यसरी कपी गरिएको टोन यदी अफरको सुचिमा समावेश गरिएका २० वटा गीत मध्य भयो भने ग्राहकले  रिङ ब्याक टोनमा ५०% छुट पाउनेछन् ।

‘‘ग्राहकहरुका लागि सुलभ दरमा आफ्ना प्रियजनसँग कुरा गर्न तथा निःशुल्क एसएमएसको मजा लिन सकिने यी अफरहरु ल्याउन पाउँदा हामी हर्षित छौ,’’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । ‘‘एउटा नम्बर पेयर गरी सुलभ शुल्कमा कुरा गर्न सकिने र ५० प्रतिशत छुटमा आफुलाई मन परेको गीत रिङ ब्याक टोन राख्न मिल्ने सुविधाले ग्राहकलाई थप मुल्य प्रदान गर्नेमा हामी विश्वस्त छौ ।’’

यी दुवै अफरहरु १५ दिनको लागि मान्य रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.