पुल्चोक इन्जिनियरिंग क्याम्पसमा प्रदर्शनी सुरु, दिगो घर निर्माणमा जोड

  २०७३ माघ २१ गते १९:५२     विकासन्युज

ललितपुर । दिगोपनका निम्ति नविनता (इनोभेसन फर सस्टेनेविलिटी) नाराका साथ इन्जिनियरिंग अध्ययन संस्थान, पुल्चोक इन्जिनियर क्याम्पस ललितपुरमा शुक्रबारदेखि सातौैं राष्टिय मेकालिनक इन्जिनियरिंग प्रदर्शनी सुरु भएको छ । सोसाइटी अफ मेकानिलक इन्जिनियरिंग स्टुडेण्टस् र मेकानिकल इन्जिनियरिंग डिपार्टमेन्टको संयुक्त आयोजनामा तीनदिने प्रदर्शनी सुरु भएको हो ।
exebution
प्रदर्शनीमा सस्टेनेबल हाउजिंग (दिगो घर) माथि जोड दिइएका स्टलहरु राखिएका थिए । त्यसका लागि कम मात्रै उर्जाको खपट हुने निर्माणमा जोड दिइएको छ । इको प्यानलबाट निर्मित घरमा घामबाट विजुली उत्पादन, घामबाटै पानी तताउने, बायो ग्यास र आकाशे पानी संकलन प्रविधि प्रदर्शन गरिएको थियो ।

सस्टेनेबल हाउजिंगका लागि इको प्यानल उपयुक्त हुने स्टलमार्फत देखाइएको छ । निर्माण सामाग्रीमा हरित क्रान्ति भन्ने नारालाई आत्मसाथ गरी स्वदेशमै उत्पादन भइरहेको इको प्यानल पूर्ण वातावरण प्रदूषणरहित प्रविधिबाट बनेकोले अवलोकनकर्ताहरुले त्यस स्टलप्रति विशेष रुचि देखाएका थिए । पुल्चोक इन्जिनियरिंग क्याम्पसमा अध्यापनरत डा सञ्जीब महर्जनले सिमेन्ट, वालुवा, ईपीएस (चलनचल्तीको भाषामा थर्माेकोल), नन् एस्वेस्टस् क्याल्सियम सिल्केट वोर्डबाट बनेको इको प्यानलमा थर्मल इन्सुलेशन राम्रो भएकोले यो प्यानल नेपालको हिमाली भेग र तराई भेगको निम्ति उपयुक्त रहेको जानकारी दिए ।

यसमा भएको राम्रो थर्माेल इन्स्युलेशनले जाडोमा बाहिरको चिसोपन भित्र आउन नदिने र गर्मीमा बाहिरको तातोपन भित्र आउन नदिने भएकोले जाडो ठाउँंमा स्पेश हिटिंगको निम्ति हिटरमा खपट हुने उर्जा कम हुने र गर्मी ठाउँंमा एसीमा खपट हुने उर्जा कम हुने उनंको जिकिर छ ।

दिगो निर्माणका लागि चाहिने उर्जा क्लिन तथा ग्रिन हुनुपर्नेमा विषयमा प्रदर्शनीमा जोड दिइएको छ । पुल्चोक इन्जिनियरिंग क्याम्पसमा अध्ययनरत प्रदर्शनीकर्ता आकाश वस्नेतले विभिन्न ननवीकरणीय उर्जाहरुको प्रविधि जडान भएको इको प्यानलबाट निर्मित सस्टेनेबल हाउसको स्टलमा अवलोनकर्ताको विशेष रुचि रहेको बताए । स्वदेशमै निर्मित हलुका तथा चाँंडो निर्माण सम्पन्न हुने कारणले गर्दा भूकम्पपश्चातको पुननिर्माणका लागि इको प्यानलका स्टलप्रति अवलोकनकर्ताले विशेष ध्यान दिएको उनले बताए ।

त्यसमा पनि स्वदेशमै बनेको इको प्याननलको प्रयोगमाथि त्यहाँं जोड दिइएको छ । भूकम्पपश्चात् विदेशबाट वर्षेनी अर्वाै रुपैयाँंको प्रिफ्याब् आयात भइरहेको बेला स्वदेशमै इको प्यानल प्रयोग भएको प्रदर्शनीमा देखिएपछि अवलोकनकर्ता खुशी देखिएका थिए । प्रदर्शनी आइतबारसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.