मेलम्चीको पानी बाढ्न ५२० किलोमिटर पाइप बिछ्याइयो, पानी वितरणका लागि ३१ करोड आवश्यक

  २०७३ माघ २१ गते १८:०४     विकासन्युज

melamchi_waterकाठमाडौं । मेलम्चीको पानी काठमाडौैँ बासीका घरमा पुर्याउन ५२० किलोमिटर पाइप विछ्याउने काम सकिएको छ । काठमाडौं उपत्यका खानेपानी तथा सरसफाई आयोजनाको आयोजना कार्यान्वयन निर्देशनालयले वितरण प्रणाली अन्र्तगत कुल ६७० किलोमिटरमध्ये ५२० किलोमिटर पाइप बिछ्याउने काम सकिएको जनाएको हो ।

खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीम प्रसाद उपाध्यायका अनुसार मेलम्ची आयोजनाले आगामी असोजमा राजधानीमा मेलम्चीको पानी ल्याउने गरि काम अघि बढाएको छ र सोही अनुसार वितरण सञ्जाल विस्तारको काम पनि अघि बढिरहेको छ । ‘मेलम्चीको पानी सुन्दरीजलमा आइपुग्दा जनताका घर घरमा पुर्याउने वितरण सञ्जाल पनि तयार भैसकेको हुनेछ’, सचिव उपाध्यायले भने ।

उनले मेलम्चीको पानी आउनु भन्दा अघि नै सुन्दरीबाट बागमतिको पानी हालेर वितरण प्रणाली परिक्षण सम्पन्न गरिसक्ने पनि जानकारी दिए । उपत्यकाको सवारी आवागमन सहज बनाउनका लागि राती पाइप बिछ्याएर बिहान सडक पुरिसक्ने गरेको पनि जानकारी दिए ।

उनले मेलम्चीका कारण उपत्यकामा धुलो बढेको भन्ने आरोपको खण्डन पनि पनि गरे । उपत्यकामा धुलो बढ्नुमा मेलम्चीको अधिकतम १५ प्रतिशत मात्रै दोष रहेको पनि दावी गरे । सचिव उपाध्यायले उपत्यकामा जारी सडक विस्तारका कारण खानेपानी वितरण सञ्जालको वर्तमान संरचनामा क्षति पुगेकाले एक हप्ता भित्रै ३१ करोड बजेट नपाए खानेपानी आपुर्ति गर्न नसकिने बताए ।

उनले २५ प्रतिशत भन्दा बढि खानेपानीको पाइप सडक विस्तार तथा निर्माणका क्रममा बिग्रेको बताउँदै त्यसको मर्मतका लागि तत्कालै ३१ करोड बजेट आवश्यक पर्ने बताएका हुन् । ‘उपत्यका विकास प्राधिकरण र सडक विभागले खानेपानीका पाइप ध्वस्त पारेको छ, बनाउन ३१ करोड आवश्यक पर्छ, एक हप्ताभित्रै नपाए पानी वितरण गर्न सकिन्न’, सचिव उपाध्यायले व्यवस्थापिका संसदको विकास समितिमा भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.