एनआईसी एसियाको एक वर्षे ‘धनवर्षा मुद्दती’ योजना अन्तर्गत १२ प्रतिशत ब्याज

  २०७३ माघ २० गते १५:५३     विकासन्युज

nic_ashiaकाठमाडौं । एनआईसी एसिया बैंकले एक वर्षे धनवर्षा मुद्दती योजना ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले प्रतिमहिना १२ प्रतिशत ब्याजदर प्राप्त गर्न सक्नेछन् ।

व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यस ‘धनवर्षा मुद्दती’ योजना अन्तर्गत भएको उत्साहजनक निक्षेप संकलनलाई मध्यनजर गर्दै यस योजना केही संस्थागत ग्राहकहरुलाई समेत उपलब्ध गर्ने बैंले जनाएको छ । यस योजना अन्तर्गत सरकारी तथा सरकारी स्वामित्वमा रहेका संस्था एवम् संस्थानहरु, बचत तथा ऋण सहकारी संस्था तथा त्यस्ता संस्था एवम् संस्थान मातहत संचालित कोषहरु र पब्लिक लिमिटेड कम्पनीहरु बाहेकले खाता खोल्न सक्नेछन् ।

यस योजना अन्तर्गत प्रदान गरिने १२ प्रतिशत व्याज दर समग्र बैंकिङ्ग क्षेत्रमै प्रदान गरिएको उच्च व्याज दर मध्ये पर्दछ । एक वर्ष मुद्दती खातामा प्रदान गरिने अहिलेको अवस्थाको औसत व्याज दर भन्दा निकै बढी हो । यस योजना अन्तर्गत प्रदान गरिने मासिक व्याज भुक्तानीले गर्दा ग्राहकहरुको दैनिक आवश्यकता पूर्ति गर्नका लागि मासिक रुपमा नियमित नगद प्रवाह भइरहने बैंकले जनाएको छ ।

यो योजना सीमित अवधिका लागि मात्र रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.