ओट्टो मार्क मोबाइल अब नेपाली बजारमा, मूल्य १९ हजार ९९६ रुपैयाँ मात्रै

  २०७३ माघ १९ गते १७:३१     विकासन्युज

Otto_mark_mobileकाठमाडौं । ओट्टो ब्राण्डका मोबाइल नेपाली बजारमा भित्रिएका छन् । लक्ष्मी ग्रुपको जेआइपीएलले ओट्टो ब्राण्डका मोबाइल नेपाली बजारमा भित्र्याएको हो । कम्पनीले बुधबार न्युरोडमा एक कार्यक्रमका बीच ओट्टो मार्क र ओट्टो रियो मोबाइल सार्वजनिक गरेको हो ।

ओट्टो मार्कमा ६ इञ्चको एचडी डिस्प्ले, ३ जीबी र्याम, ३२ जीबी रोम, ३८४५ एमएएचको ब्याट्री, १३ मेगा पिक्सेलको डबल फ्ल्यास क्यामेरा, दुई वटा सिम लाग्ने सुबिधा रहेको छ । फोरजी नेटवर्क सुबिधा सहितको ओट्टो मोबाइलमा रहेको छ ।
कम्पनीले ल्याएको अर्काे मोबाइल हो ओट्टो रियो । यसमा २ दशमलब ३ इञ्चको डिस्प्ले, एक दशमलब ५ मेगापिक्सेलको क्यामेरा, १५०० एमएएचको ब्याट्री, दुई वटा सिम, एमपी ३ र एमपी ४ को सुबिधा रहेको छ ।

जेआइपिएलका सेल्स मेनेजर सचिन उदासले नेपाली उपभोक्ताको रुची अध्ययन गरेर नयाँ ब्राण्डको मोबाइल ल्याएको बताए । उनले देशैभर व्यापक बजारीकरण गरिने जानकारी पनि दिए । नेपाली चलचित्र लुट २ का कलाकार दयाहाङ राई, सौगात मल्ल लगायतले ओट्टोका नयाँ मोबाइल सार्वजनिक गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.