फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’का रुपमा मनाइँदै, नुनबारे जनचेतना बढाउने उद्देश्य

  २०७३ माघ १९ गते १६:४३     विकासन्युज

iodine_saltकाठमाडौं । नेपाल सरकारले फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’का रूपमा मनाउँदै आइरहेको छ । आयोडिनयूक्त नुनको प्रवद्र्धन तथा यससम्बन्धी जनचेतना बढाउने उद्देश्यले शुक्रवारदेखि १ महीनाभर विविध कार्यक्रम आयोजना हुने बताइएको छ । नेपालमा सरकारले सन् १९९८ देखि हरेक फेब्रुअरी महीनालाई ‘आयोडिन मन्थ’ घोषणा गर्दै विविध कार्यक्रम गर्दै आएको छ । युनिभर्सल साल्ट आयोडाइजेशन (यूएसआई)को सदस्य राष्ट्रको हैसियतमा नेपालले उक्त अभियान सञ्चालन गर्दै आएको छ ।

अभियानमा विद्यालय, समुदाय एवम गैर–सरकारी सङ्घ/संस्था, जनस्वास्थ्यसँग सम्बन्धित स्थानीय निकायलगायत सरोकारवालाहरूले प्रत्यक्ष सहभागी हुने बताइएको छ । आयोडिनको कमीबाट हुने शारीरिक एवम् मानसिक कमजोरीका सम्बन्धमा शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायलाई जानकारी दिन हाजिरी जवाफ, माइकिङ, चेतनामूलक सामग्री वितरणलगायत गतिविधि गरिने साल्ट ट्रेडिङ कर्पोरेशनले जानकारी दिएको छ ।

सरकारले विगत ५० वर्षदेखि साल्ट ट्रेडिङ कर्पोरेशनलाई आयोडिनयुक्त नुनको आधिकारिक विक्रेताको जिम्मेवारी दिएको छ । कर्पोरेशनका अनुसार सन् २०११ मा ‘नेपाल डेमोग्राफिक हेल्थ सर्वे’अनुसार आयोडिनयुक्त नुन उपभोग गर्ने घरपरिवार ८० प्रतिशत पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.