सिटिजन्स बैंक इन्टरनेसनल र सीजी फिन्कोबीच रेमिटेन्स भुक्तानी सम्झौता

  २०७३ माघ १३ गते १७:३७     विकासन्युज

काठमाडौं, १३ माघ । सिटिजन्स बैंक इन्टरनेसनल र सीजी फिन्को प्रालि बीच आन्तरिक रेमिटेन्स भुक्तानी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिटिजन्स बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र सीजी फिन्कोका तर्फबाट सहायक महाप्रवन्धक नरबहादुर केसीले हस्ताक्षर गरेका छन् ।

citizen_bank_with_CG_finko

सो सम्झौता अनुरुप सीजी फिन्को मार्फत प्राप्त आन्तरिक विप्रेषण यस बैंकका सम्पूर्ण शाखाहरुबाट छिटो, छरितो तथा भरपर्दो रुपमा भुक्तानी पाउन सकिनेछ । साथै बैंकले आफ्ना सम्पूर्ण शाखाहरुबाट सी जी फिन्कोका देशैभरि फैलिएर रहेका सहायक प्रतिनिधिहरु मार्फत भुक्तानी पाउनेगरी आन्तरिक विप्रेषण पठाउन समेत सक्ने बैंकले बताएको छ ।

यस अघि पनि बैंकले स्वदेशका विभिन्न विप्रेषण कम्पनीहरुसंग सहकार्य गरि आफ्नो सम्पूर्ण शाखाहरुबाट वेस्र्टन यूनियन, मनिग्राम, आइ.एम.ई, प्रभु मनि, हिमाल रेमिट, सिटि एक्सप्रेस, रिलायबल रेमिट, जे.एम.ई, नेपाल रेमिट, इजिलिङ्क, बेष्ट रेमिट, पृथ्वि एक्सप्रेस, सम्सारा, सेवा एक्सप्रेस, सिजि मनि, आइपे रिलायबल , बुम रेमिट र ओभरसिज रेमिट बाट आएको विप्रेषण रकमको भुक्तानी गर्दै आइरहेको छ ।

साथै बैंकले निकट भविष्यमा पनि अन्य विभिन्न मुलुकमा रहेको विभिन्न विप्रेषण कम्पनीहरु सँग सम्झौता गरि विप्रेषण सेवालाइ विस्तार गर्दै लैजाने योजना राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.