लगानी सम्मेलन अघि तीन वटा ऐन ल्याउनै कठिन, विदेशी लगानी कर्ता लोभ्याउने उपहारै भएन

  २०७३ माघ १३ गते १७:२१     विकासन्युज

investment_summit_2017काठमाडौं, १३ माघ । उद्योग मन्त्रालय र लगानी बोर्डले फागुन १९ र २० गते राजधानीमा लगानी सम्मेलनको आयोजना गर्दैछ । सो सम्मेलनमा ३५० भन्दा बढि वैदेशिक लगानी कर्तालाई लगानीको अधिक सम्भावना भएका १० वटा क्षेत्रका बिभिन्न आयोजनासहित लगानीका लागि आव्हान गर्ने तयारी उद्योग मन्त्रालयले गरेको छ ।

प्रोजेक्ट बैंकका रुपमा तयार पारिएका लगानी गर्न योग्य आयोजनाहरु देखाउने र त्यसका लागि कानुनी सहजता पनि उपलब्ध गराउने सरकारी तयारी थियो । तर संसोधनका क्रममा रहेका तीन वटा ऐनहरु पारित हुने सम्भावना घटेसँगै सम्मेलनले दिने उपलब्धिमै आंशका पैदा भएको छ ।

मन्त्रालयले लगानी सम्मेलन अघि नै कम्पनी ऐन २०६३, विदेशी लगानी तथा प्रबिधी हस्तान्तरण ऐन २०४९ र वौद्धिक सम्पति ऐनको संसोधन पारित गराउने योजना बनाएको थियो । तर ती ऐन लगानी सम्मेलन अघि नै ल्याउने मन्त्रालयको योजना अधुरै रहने सम्भावना बढेको छ । ‘लगानी सम्मेलन अघि नै तीन वटै ऐनको संसोधन पारित गराउन सकिए लगानी कर्तालाई राम्रो उपहार हुने थियो, हामीले संसदको राम्रो सहयोगको अपेक्षा गरेका छौं’, बिहिबारको समिति बैठकमा उद्योग मन्त्री नविन्द्रराज जोशीले भने ।

उनले लगानी सम्मेलनको सफलताका लागि पनि तीन वटै ऐनका संसोधन विधेयक पारित गरिनु अनिवार्य रहेको बताएका थिए । ‘हामीले अधिक लाभका लगानीका क्षेत्र समेटेर प्रोजेक्ट बैंकले प्रस्तुत गर्दैछौं, त्यसका साथमा कानुनी सहजताको व्यवस्था पनि उपलब्ध गराउन सक्नुपर्ने हुन्छ’, मन्त्री जोशीले भने ।

अमेरिका, बेलायत, मलेसिया, चीन र भारतका लगानी कर्ताले विदेशी लगानी तथा प्रबिधी हस्तान्तरण ऐन तत्काल संसोधन गर्न आग्रह गरेको जानकारी पनि दिएका थिए । लगानी कर्ताले ऐन संसोधन चाँडो गरे लगानी बढाउने बताईरहँदा पनि संसोधन द्रतुगतिमा अघि बढाउन नसकिएमा उनले दुखेसो पनि पोखेका थिए ।

लगानी बोर्डसँगको सहकार्यमा मन्त्रालयले आयोजना गर्न लागेको सम्मेलनमा उर्जा, पुर्वाधार, उत्पादन मुलुक उद्योग, पर्यटनलाई उच्च प्राथमिकतामा राखेर कृषि, शिक्षा, वित्तिय संस्था, सूचना प्रबिधीसहितका १० क्षेत्रको प्रोजेक्ट अघि सार्ने तयारी अन्तिम चरणमा पुगेको पनि मन्त्री जोशीले जानकारी दिएका थिए ।

बैठकमा सांसदहरुले लगानी सम्मेलनलाई सफल बनाउन कुनै कसर बाँकी राख्न नहुने धारणा राखेका थिए । उनीहरुले रातदिन खटेर ऐन संसोधनको टुंगो लगाउने बताउँदै सम्मेलनले नेपाललाई लगानी हबका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.