चोभारमा अन्तराष्ट्रिय प्रदर्शनीस्थल बनाउन चीन र भारतको इच्छा, धमाधम डिजाइन बन्दै

  २०७३ माघ ११ गते १७:३२     विकासन्युज

exhibition_hallकाठमाडौं, ११ माघ । सरकारले चोभारमा बनाउने भनेको अन्तराष्ट्रिय प्रदर्शनीस्थल बनाउन चीन र भारतले इच्छा देखाएका छन् । व्यापार तथा निर्यात प्रर्वद्र्धन केन्द्रका कार्यकारी निर्देशक इश्वरी प्रसाद घिमिरेका अनुसार अन्तराष्ट्रिय प्रदर्शनी स्थल बनाउन चीन र भारतले पटक पटक आग्रह गरिरहेका छन् । ‘चीन र भारतले हामी बनाइदिन्छौं, प्रस्ताव ल्याउनुस भनेका छन्’, घिमिरेले भने ।

उनका अनुसार चोभारको हिमाल सिमेन्ट कारखाना क्षेत्रमा ३०० रोपनी क्षेत्रमा निर्माण गर्ने भनिएको प्रदर्शन केन्द्रको यतिबेला धमाधम डिजाइन निर्माणको काम भैरहेको छ । ‘हामीले निर्माणको मोडालीटी तयार गरिरहेका छौं, मन्त्रालयसँग बजेट मागिरहेका छौं, इन्टर मोडल यातायात विकास समितिले डिजाइन बनाईरहेको छ’, घिमिरेले विकासन्युजसँग भने ।

प्रदर्शनी केन्द्रमा सुबिधा सम्पन्न प्रदर्शनी स्थल, आकर्षिक पार्किङ स्थल, सभा हल, सूचना प्रबिधीयुक्त कार्यालय, बैंक शाखाको व्यवस्था गरिनेछ । प्रदर्शनी स्थल निर्माणका लागि विश्व बैंकले सहयोग गर्ने भनेको छ । तर त्यसको आधिकारीक सम्झौता भनेको भैसकेको छ । विश्व बैंकले सघाउने भने पनि त्यसको मोडालिटी भने भैसकेको छैन् ।

‘विश्व बैंकले सहयोग गर्ने भनेको छ तर कुन श्रोतबाट कति रकम सघाउने भन्ने चाँही निश्चित भैसकेको छैन ।’
सरकारले चालु आर्थिक बर्षकै बजेट वक्तव्यमा सो प्रदर्शनी स्थल बनाउने उल्लेख गरेको थियो । तर बाणिज्य तथा आपुर्ति मन्त्रालयले आवश्यक बजेट भने विनियोजन गरेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.