बैंकको व्याजदर भन्दा डबल अंकले घट्यो सेयर बजार, बीमा समूहको परिसूचक १४० अंकले घट्याे

  २०७३ माघ ११ गते १५:३२     विकासन्युज

nepseकाठमाडौं, ११ माघ । सेयर बजारको मापन गर्ने परिसूचक मंगलबार २४ अंकले घटेको छ । मंगलबार विहान दुई वाणिज्य बैंकले मुद्दती बचतमा १२ प्रतिशत व्याज दिने योजना सार्वजनिक गरेपछि सेयर बजारका लगानीकर्ता थप आत्तिएर सेयर बेच्न थालेको देखिएको छ ।

मंगलबार नेप्से परिसूचक १४३३ अंकमा झरेको छ । यो अंक गत बैंशाख ८ गतेयताको सबैभन्दा तलको विन्दु हो । बजारमा सबै समूहका परिसूचकहरु घटेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १४० अंकले घटेको छ ।

खानीखोला हाइड्रोपावर, लुम्बिनी फाइनान्स, पोखरा फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंकको सेयरधनीले बढी गुमाएका छन् । राष्ट्रिय बीमा कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक, साझा विकास बैंक, बरुण हाईड्रोपावरका सेयरधनीले घटेको बजारमा पनि ३ प्रतिशतभन्दा बढी नाफा गरेका छन् ।
सोमबारको तुलनामा मंगलबार कारोबार रकम पनि घटेर ३८ करोड ५१ लाख रुपैयाँमा सीमित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.