माघ १४ देखि ललितपुर मलमा जोप्पो एक्स्पो, ७० प्रतिशतसम्म छुट

  २०७३ माघ ११ गते ११:१८     विकासन्युज

lalitpur_mobile_expoकाठमाडौं, ११ माघ । ललितपुरको लगनखेलस्थित ललितपुर मलमा रहेको माघ १४ गतेदेखि जोप्पो मोबाइल एक्स्पो आयोजना हुने भएको छ । ललितपुर मोबाइल कम्प्लेक्सले आयोजना गर्ने एक्स्पो २२ गतेसम्म सञ्चालन हुनेछ ।

मोबाइल किनौं बुझेर, उपहार छानौं रोजेर भन्ने नारा सहित आयोजना गर्न लागिएको एक्स्पोमा विभिन्न ब्राण्डका स्मार्टफोन, ग्याजेट, एसेसरिज तथा मोबाइल मर्मतको सेवा उपलब्ध हुनेछन् । मोबाइल कम्प्लेक्समा न्यूनतम एक हजारदेखि १ लाख ४० हजार सम्मका विभिन्न ब्राण्डका फोनहरु उपलब्ध रहेका छन् ।

जोप्पो मोबाइल प्रिजेन्टस् ललितपुर मोबाइल एक्सपो २०१७ मा जोप्पोको कलर एफ ५, ह्वावेको जिआर ५ २०१७, सामसंगको सि नाइन प्रो, जियोनीको एस सिक्स एस, लाभाको ए३, कलर्सको पि ८५ प्लस, डिटिसीको गियर म्याक्स, ओबीआईको एस एफ १.५, जेडटिईको एक्सजोन मिनी, ओप्पोको एफ वान एस मोडलका स्मार्टफोनहरु विशेषरुपमा प्रदर्शन तथा बिक्रीका लागि राखिनेछ ।

यसका साथै एप्पलको आईफोन सेभेन तथा सेभेन प्लस पनि मोबाइल महोत्सवको आकर्षणको केन्द्रमा हुनेछन् ।
कम्प्लेक्सले आफ्ना ग्राहकहरुका लागि अंग्रेजी नयाँ वर्षको अवसरलाई आकर्षक बनाउन योजना ल्याएको कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए । “हामीले यो कम्प्लेक्समा ग्राहकलाई ब्राण्डेड मोबाइल मात्र बिक्री गर्ने हुँदा ग्राहकहरु हामीकहाँ नियमित आउने गर्दछन्,” उनले भने ।

एक्स्पोमा हरेक ग्राहकहरुलाई ५ देखि ७० प्रतिशतसम्मको छुट उपलब्ध गराईने छ । मोबाइल मेलाको अवधिभर कम्प्लेक्समा करिब ३ लाख ग्राहकहरुले मेला अवलोकन गर्ने अनुमान गरिएको छ भने ५ करोड रुपैंया बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.