रसुवा महोत्सवमा ४० लाख बराबरको कारोबार, २० हजारद्धारा अवलोकन

  २०७३ माघ १० गते १४:१७     विकासन्युज

रसुवा, १० माघ । महोत्सवको आधार कृषि तथा पर्यटनको सुधार भन्ने नाराका साथ रसुवा तेस्रो महोत्सव सम्पन्न भएको छ ।

महोत्सव अवधिमा ४० लाख  रुपैयाँ बराबरको कारोबार भएको छ । महोत्सव आयोजक संस्था लहरेपौवा महिला सञ्जालकी अध्यक्ष सरिता लम्सालका अनुसार गत पुस २८ देखि माघ ९ गतेसम्म आयोजित महोत्सवमा २० हजारले अवलोकन गरेको र स्टलमा राखिएका कृषिजन्य, हस्तकला, काष्ठकला, कृषि औजारलगायतका सामग्रीले ग्रामीणवासीलाई काममा थप प्रेरणा मिलेको जनाइएको छ ।

महोत्सव अवधिभर पर्यटन व्यवसायी, विभिन्न विधाका कलाकर्मी, गीतकार, गायककार, राजनीतिक दलका प्रतिनिधि समेतको सहभागिता रहेको आयोजक संस्थाले बताएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.