४० रोपनीको हनुमान ढोका दरबार क्षेत्र निर्माणमा ७ वटा एजेन्सी, ७३ संरचनाको पुर्ननिर्माण एकैसाथ (फोटो फिचरसहित)

  २०७३ माघ १० गते १२:३८     विकासन्युज

काठमाडौं, १० माघ । करिब ४० रोपनी क्षेत्रफलमा फैलिएको हनुमानढोका दरबार स्क्वायरमा रहेका सम्पदाहरुको पुर्ननिर्माणमा ७ वटा एजेन्सीहरुले हात हालेका छन् । २०७२ सालको बैशाख १२ गतेको महाभूकम्पले हनुमानढोका दरबार परिसरका ७३ वटा सरंचनामा क्षति पुर्याएको थियो । ती पुरातात्विक महत्वका सम्पदाहरुको निर्माणमा स्वदेशी तथा विदेशी गरि ७ वटा निकायले काम गरिरहेका छन् ।
11-Kasthamandap_Photo-by-Al
हनुमानढोका दरबार संग्रहालय विकास समिति, पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, काठमाडौं उपत्यका संरक्षण कोष, जापानिज फण्ड इन ट्रस्ट, एम्बेसडर्स फण्ड फर कल्चरल प्रिजर्भेशन र चीन सरकार रहेका छन् ।

12-Agan-Temple-and-West-winचीन सरकार बाहेक अन्य सबै एजेन्सीहरुले काम सुरु गरिसकेको हनुमानढोका दरबार परिसर पुर्ननिर्माणमा खटिएका पुरातत्व विभागका इञ्जिनियर गोपाल झाले बताए ।

13-NautalleDurbar_Photo-by-

च्यासी देग बंशगोपाल मन्दिरको पुर्ननिर्माण आधा सम्पन्न भैसकेको छ ।  त्यस बाहेक शिव मन्दिरमा रेट्रो फिटिङको कार्य सम्पन्न भैसकेको छ । कागेश्वरी मन्दिरको पुर्ननिर्माण कार्य धमाधम अघि बढिरहेको छ । जगन्नाथ र गोपीनाथको मन्दिर युनेस्कोले बनाउने तयारी गरिरहेको छ । मसान चौकको नाटेश्वर मन्दिरको पुर्ननिर्माण २८ लाख खर्चेर सम्पन्न भैसकेको छ ।
14-Bansagopal_Photo-by-Alin

काष्ठमण्डप र माजुदेगः मन्दिर काठमाडौं महानगरपालिकाले बनाउँदैछ । गद्धी बैठक निर्माणको जिम्मा अमेरिकन एम्बेसडर्स फण्ड इन कल्चरल प्रिजर्भेशनले लिएको छ ।
15-GaddhiBaithak_Photo-by-A
नौ तले दरबारको निर्माण चीन सरकारले गरिदिने भनेर अध्ययन सम्पन्न गरिसकेको छ । त्यस्तै, पुरतत्व विभागले २५ लाख रुपैंयाँ खर्चेर श्वेत भैरवको मन्दिर पुर्ननिर्माण गरिरहेको छ ।(फोटो-अलिना ताम्राकार, पुरातत्व विभाग)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.