श्रम स्वीकृतिको अनलाइन सेवाः ‘बाँदरको हातमा नरिवल’ सरह, सेवा सुरु नै हुन सकेन

  २०७३ माघ १० गते ७:३८     विकासन्युज

baidesik_rojgar_bivagकाठमाडौं १०, माघ । यो महिनाको सुरुवातदेखि नै थालनी गर्ने भनिएको व्यक्तिगत श्रम स्वीकृतिको अनलाइन सेवा अन्योलमा परेको छ ।

निकै लामो प्रयास र ठूलो लागानीमा तयार गरिएको अनलाईन सेवा सुरु हुन नसकेपछि सेवाग्राहीले त्यसको दोष कर्मचारीलाइ दिन थालेका छन् ।

वैदेशिक रोजगारीमा जाने कामदारलाई सहजता दिन तथा यस क्षेत्रमा भइरहेको विकृति रोक्ने उपायस्वरुप सुरु गरिएको अनलाईन सेवा थाल्न नसक्दा कतिपयले बाँदरको हातमा नरिवल‘ भन्न थलेका छन् ।

वैदेशिक रोजागरीको क्षेत्र अस्तव्यस्त र वदनाम हुनुका विभिन्न कारणमध्ये पूर्वस्वीकृति र अन्तिम स्वीकृति कागजी प्रक्रियाबाटै दिइनुलाई मुख्य रुपमा लिने गरिएको छ ।

अघिल्लो महिनाको पुस ३ गते श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा जाने लाई सहज दिन अनलाइन सेवा सुरु भएको घोषणा गरेको थियो । नागरिक दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.