पृथ्वी नारायण शाहका सम्पदामा चिनियाँ चासो, बसन्तपुरको नौ तलेदेखि नुवाकोटको सात तले हुँदै गोरखासम्म

  २०७३ माघ ९ गते १८:१३     नारायण पौडेल

prithivi_nuwakotकाठमाडौं, ९ माघ । पश्चिमाहरुले नेपालको एकिकरण गर्ने पृथ्वीनारायण शाहलाई रुचाउँदैनन् भन्ने तथ्य नौलो रहेन् । तर चिनियाँहरुको भने उनै पृथ्वीनारायण शाहसँग राम्रै लगाव रहेको देखिन्छ । भूकम्पले क्षति पुर्याएको सम्पदा मध्ये पृथ्वी नारायण शाहसँग जोडिएका अधिकांश पुरातात्विक सम्पदाको निर्माणमा चिनले हात अघि सारेको छ ।

चीनले नुवाकोटको ७ तले दरबार क्षेत्रमा सबै जसो संरचनाको पुननिर्माण गरिदिने भनेको छ । त्यसको प्रक्रिया समेत अघि बढिसकेको छ । ‘नुवाकोट दरबार क्षेत्रको भैरवी मन्दिर बाहेकका सबै सम्पदाको निर्माण चीनले गर्ने भनेको छ र त्यसको प्रक्रिया समेत अघि बढिसकेको छ’, पुरातत्व विभागका सिनियर डिभिजनल इञ्जिनियर सम्पत घिमिरले विकासन्युजसँग भने ।

उता, चीनले बसन्तपुर दरबार परिसरमा रहेको नौ तले दरबार पनि बनाउँदैछ । त्यसको अध्ययन सम्पन्न गरेर चिनियाँ टोली गएको छ । ‘हनुमानढोका दरबार परिसरमा रहेको ९ तले दरबार चिनले बनाउँदैछ, त्यसको अध्ययन सम्पन्न भैसकेको छ, केहि समयमै सम्झौता हुन्छ’, हनुमानढोका दरबार पुर्ननिर्माणको नेतृत्व गरिरहेका पुरातत्व विभागका इञ्जिनियर गोपाल झाले विकासन्युजसँग भने ।

चीनले गोरखा दरबारको पुर्ननिर्माणका लागि पनि चासो देखाएको छ । ‘गोरखा दरबारको पुर्ननिर्माणका लागि धेरै मुलुकले इच्छा देखाएका छन, तीमध्ये चीनियाँहरुको पनि चासो छ, हामीले कसलाई दिने भन्नेबारे अध्ययन गरिरहेका छौं’, पुरातत्व विभागका सिडिई घिमिरेले भने ।

चीनले पृथ्वी नारायण शाहले बनाएका संरचनाहरुको निर्माणमा किन बढि चासो देखायो भन्ने सन्दर्भ भने अब ऐतिहासिक दृष्टिकोण्बाट अध्ययनको बिषय नै बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.