देवः विकास बैंकको ५० प्रतिशत हकप्रद खुला, फागुन १५ गतेसम्म आवेदन दिन सकिने

  २०७३ माघ ९ गते १५:१३     विकासन्युज

deva-bikash_bankकाठमाडौं, ९ माघ देवः विकास बैंकले आइतबारदेखि सर्वसाधारणको लागि हकप्रदको बिक्री खुला गरेको छ । बैंकले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयरको बिक्री खुला गरेको हो ।

सो मात्राको हकप्रदको लागि इच्छुक लगानीकर्ताले आइतबार (आज) देखि फागुन १५ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । इच्छुक सर्वसाधारणले हकप्रद एनआइबिएल क्यापिटल मार्केट, देव बिकास बैंकको केन्द्रीय कार्यालय र सबै शाखा  कार्यालय, नेपाल इन्भेस्टमेन्ट बैंकको शाखा कार्यालय पोखरा, बिराटनगर र बिरगंज, गुडविल फाईनान्सको शाखा कार्यालयहरु नेपालगंज र इटहरीबाट आवेदन दिन सक्नेछन् ।

हाल बैंकको बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ । हाल बैंकको चुक्ता पूँजी एक अर्ब १० करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.