६ महिनामा ४ खर्ब ९९ अर्बको वैदेशिक व्यापार, १३ गुणाले बढ्यो आयात

  २०७३ माघ ९ गते १२:२१     विकासन्युज

काठमाडौं, ९ माघ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ४ खर्ब ९९ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ । उक्त अवधिमा भएको वैदेशिक व्यापार गएको आर्थिक वर्ष २०७२/७३ को तुलनामा १ खर्ब ९० अर्ब ७४  करोडले बढी हो । गत आवमा सीमा नाका बन्दका कारण छिमेही मुलुक तथा तेस्रो देशबाट समेत नेपालमा सामान आयात निर्यात हुन सकिरहेको थिएन । सो कारणले गत आवको उक्त अवधिमा वैदेशिक व्यापार कम भएको थियो भने अहिले त्यस्तो स्थिति नरहेकोले व्यापार बढेको भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले बताए । ‘अहिले आयात निर्यातमा कुनै अवरोध छैन, उनले भने  ‘त्यसैले व्यापार बढेको हो ।

चालू आवको पहिलो ६ महिनामा ४ खर्ब ६३ अर्ब ७२ करोड रुपैयाँको वस्तु तथा सेवा नेपाल भित्रिएको छ भने ३६ अर्ब १९ करोड रुपैयाँको वस्तु तथा सेवा नेपालबाट बाहिरिएका छन् । गएको वर्ष सो अवधिमा २ खर्ब ७७ अर्बको वस्तु आयात भएको थियो भने ३१ अर्ब रुपैयाँको निर्यात भएको विभागको तथ्याङ्क छ ।

देशलाई आवश्यक पर्ने वस्तु तथा सेवा उत्पादन हुन नसक्दा ४ खर्ब २७ अबृ पुगेको छ । गत आवकामा यस्तो घाटा २ खर्ब ४६ अर्ब रहेको थियो । चालू आवमा निर्यातभन्दा आयात १३ गुणाले बढेको छ भने कुल व्यापारमा करिब ९३ प्रतिशत आयातको योगदान रेहेको छ । गएको वर्षको समीक्षा अवधिमा निर्यातभन्दा आयात करिब ९गुणाले वृद्धि भएको थियो भने कुल वैदेशिक व्यापारमा करिब ९० प्रतिशत आयातको योगदान रहेको थियो ।

चालू आवको पहिलो ६ महिनामा सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ । उक्त अवधिमा ५७ अर्ब १३ करोडको पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ भने यसबाट राज्यले १४ अर्ब राजस्व संकलन गरेको छ । त्यस्तै ४६ अर्ब ६१ करोडको सवारी साधन, ४५ अर्ब ६७ करोडको आइरन तथा स्टील नेपाल भित्रिएको छ । यी साधनबाट क्रमशः ४५ अर्ब ४१ र ८ अर्ब ८६ करोडे राजस्व प्राप्त भएको विभागको तथ्याङ्क छ । धेरै आयात हुने चौथो वस्तु मेशिनरी तथा मेडिकलन अप्लायन्स ३८ अर्ब १५ करोड र इलेक्ट्रकिल मेशिनरी तथा उपकरणहरु ३६ अर्ब ४९ करोडको आयात भएको छ ।

समीक्षा अवधिमा सबैभन्दा बढी तीन अर्ब ९२ करोडको कार्पेट निर्यात भएको छ भने चिया तथा धेरै निर्यात हुने दोस्रो वस्तुमा चिया तथा कफी रहेको छ । उक्त अवधिमा तीन अर्ब ६४ करोडको चिया तथा कफी निर्यात भएको विभागले जानकारी दिएको छ । सो अवधिमा तीन अर्ब २६ करोडको विभिन्न कपडाबाट निर्मित वस्तुहरु निर्यात भएको छ भने दुई अर्ब ९५ रकोडको मानव निर्मित फाइवरका कपडा तथा वस्तु निर्यात भएको छ भने सो अवधिमा दुई अर्ब ३७ करोडको तरकारी, फलफूल, सुपारीलयातका वस्तु निर्यात भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.