सिप्रदीको नयाँ डिलर अब पोखरामा, डिलरको रुपमा गण्डकी ट्रेड हाउस नियुक्त

  २०७३ माघ ७ गते १७:०५     विकासन्युज

Tata_Motorsकाठमाडौं, ७ माघ । सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले पोखरामा आफ्नो नयाँ डिलर सञ्चालनमा ल्याएको छ । कम्पनीले पोखरामा टाटा पेसेन्जर भेहिकलहरुको लागि डिलरको रुपमा गण्डकी ट्रेड हाउसलाई नियुक्त गरेको छ । हालै काठमाडौंमा सम्पन्न गरिएको एक कार्यक्रममा दुवै पक्षले उक्त विषय अन्तर्गतको सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा कम्पनीका जनरल म्यानेजर प्रवीण खतिवडाले नयाँ डिलरलाई आफ्नो कम्पनीको बृहत नेटवर्कमा स्वागत गरेका थिए । सोही क्रममा गण्डकी ट्रेड हाउसका प्रोपाइटर, पोखरा चेम्बर अफ कमर्स एण्ड इन्ड्रष्टिजका भूतपूर्व अध्यक्ष, नेपाल अटोमोबाइल डिलर्स एशोसियशनका भूतपूर्व उपाध्यक्ष तथा नेपाल रसिया चेम्बर अफ कमर्स एण्ड इन्ड्रष्टिज गण्डकीका वर्तमान अध्यक्ष, बिन्दु कुमार थापाले पनि सिप्रदी जस्तोे प्रतिष्ठित कम्पनीसँग आवद्ध भएर काम गर्दा आफूहरु खुशी एवं उत्साहित भएको कुरा बताए ।

सिप्रदी ट्रेडिङ्ग प्रा.लि. भारतको प्रख्यात गाडी निर्माता कम्पनी टाटा मोटर्स् लिमिटेडको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता हो । पेसेन्जर भेहिकल अन्तर्गत टाटा मोटर्स्को प्रमुख आकर्षणहरुमा बजारको प्रमुख मल्टी यूटीलिटी भेहिकल, सुमो गोल्ड, कम्प्याक्ट सेडान वर्गमा बजारमा उत्कृष्ट जेस्ट, नेपालको पहिलो मल्टी ड्राइभ ह्याच बोल्ट, लायोनेल मेस्सीले आफैं प्रचार गरिरहेका टाटाको स्टाइलिस उत्पादन टियागो र २५ के.एम.पि.एल. प्रदान गर्ने इन्डिका सिआर४ आदि पर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.