नेप्से परिसूचक १५.१६ अंकले घट्दा एक अर्ब ८५ करोडको सेयर कारोबार

  २०७३ माघ ७ गते १४:२२     विकासन्युज

nepseकाठमाडौं, ७ माघ ।  यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १५.१६ अंकले घटेर अन्तिम दिन १४६२ दशमलब ५६ अंकमा झरेको छ । सातामा नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने सुधार आएको छ । साताभर एक अर्ब ८५ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो अवधिमा १५३ कम्पनीहरुको एक करोड १३ लाख १८ हजार कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा ६.९६ प्रतिशत बढि हो । गत साता १४८ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १३१४० कारोबारबाट एक अर्ब ७३ करोड ७९ लाख ९९ हजार रुपैयाँ बराबरका एक करोड ३३ हजार सात सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक ओरालो लागेको छ । त्यस्तै, उत्पादनमूलक र वाणिज्य बैंक समूहको परिसूचक क्रमशः २५ र २२ अंकले ओरालो लागेका छन् । विकास बैंक र होटल समूहको परिसूचक सामान्य अंकले उकालो लागेका छन् ।

यस साता सबैभन्दा बढी प्रभु बैंकको सेयर कारोबार भएको छ । सो अवधिमा बैंकको २० करोड ९३ लाख रुपैयाँको सेयर किनबेच भएको हो । यस साता तीन कम्पनीको सेयर नेप्सेमा सूचिकृत भएको छ । युनाईटेड फाइनान्स र प्रोगेशिभ फाइनान्सको बोनस सेयर र सिद्धार्थ डेभलपमेन्ट बैंकको हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको हो ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २.७३ अंकले घटेर ३१७.३२ अंकमा आईपुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.