२०७३ माघ ७ गते १३:३४ विकासन्युज
काठमाडौं, ७ माघ । युनाइटेड ट्रेर्डस सिन्डिकेट प्रालिले ग्राहकको सुबिधाको लागि काठमाडौंको कुलेश्वरमा मोर्टस पार्टसको आउटलेट सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार उक्त आउटलेटबाट टोयोटाको आधिकारीक जेनियुन पार्टसहरु मात्र बिक्री हुने छन् ।
कम्पनीले अँग्रेजी नयाँ बर्षको अवसर पारेर उक्त नयाँ आउटलेट संचालनमा ल्याएको बताएको छ । यस आउटलेटबाट ग्राहकले टोयोटाको आफ्नै जेनियुन मोटर आयल समेत खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
विगत ५० वर्षदेखि नेपाली उपभोक्तालाई सेवा दिदै आएको यस कम्पनीले आफ्ना ग्राहकले जेनियुन पार्टसहरु सहजरुपमा प्रयोग गर्न पाउन् भन्ने मान्यता राख्दै आएको छ ।
नयाँ बजारमा केहि समय अगाडी खोलिएको पार्टसको आउलेटबाट ग्राहकको सकारात्मक प्रतिक्रिया र माग बमोजिम कुलेश्वरमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.