आईएमई कस्टमर कार्ड प्रयोगमा बोनस पोईन्ट र उपहारको योजना

  २०७३ माघ ६ गते १७:१८     विकासन्युज

ime_bonus_pointकाठमाडौं, ६ माघ । नेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमईले प्रयोगमा ल्याएको कस्टमर कार्डमा बोनस अङ्क सहित निश्चित उपहारको व्यवस्था गरेको छ । यो योजना यसै माघ १ गतेदेखि आगामी असार मसान्तसम्म लागु हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार योजनाअन्तर्गत कस्टुमर कार्ड प्रयोग गरी गरिएका अन्तर्राष्ट्रिय कारोबारको भुक्तानी र आन्तरिक संकलन कारोबार रकम अनुुसार निश्चित बोनस अङ्क प्राप्त हुनेछ । निश्चित बोनस अङ्कमा तोकिएको  उपहार प्राप्त गर्न सकिनेछ । साथै बोनस अङ्क नलिएको अवस्थामा कस्टमर कार्ड कारोबार(आन्तरिक पठाइने) अन्तर्गत प्रत्येक दोस्रो कारोबारको सेवा शुल्कमा ५ प्रतिशत छुटको सुविधा प्राप्त गर्न सकिनेछ । पेन ड्राइभ, ब्याग, डीसहोम र मोबाईल सेट बोनस अङ्क वापत प्राप्त गर्न सकिने उपहारहरू हुने कम्पनीले जनाएको छ ।

पछिल्लो समयमा आईएमईले कार्डमा आधारित रेमिटेन्स सेवालाई मुख्य प्राथमिकता दिँदै आएको छ । कम्पनीले नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी ७५ जिल्लाका ५,५०० सयभन्दा बढी सव-एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् रेमिटेन्स सेवा दिँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.