हुन्डाईको एक्स्चेन्ज क्याम्प आयोजना शुरु

  २०७३ माघ ६ गते १५:५७     विकासन्युज

काठमाडौं, ६ माघ । नेपालका लागि हुन्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले तिन दिने लामो एक्स्चेन्ज क्याम्प कार्यक्रम ल्याएको छ । सो कार्यक्रम यहि माघ ६ गते बिहिबार देखि माघ ८ गते शनिबारसम्म सञ्चालन हुनेछ । ग्राहकहरुका लागि उत्कृष्ट एक्स्चेन्ज योजना र  आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्न कम्पनीले सो क्याम्पको आयोजना गरेको हो ।

hyundai_exchange

साथै, लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्ना ग्राहक सामु नगद छुट, एक वर्षे गाडि बिमा, रोड ट्याक्स, लोयालिटी बोनस, स्पेशल इन्ट्रेस्ट रेट र एक्स्चेन्ज बोनस हरेक गाडिको बिक्री सँगै प्रदान गर्ने छ । यस कार्यक्रममा एक्स्चेन्जका साथै टेष्ट ड्राइभ एण्ड वीन र मनोरञ्जनका कार्यक्रमहरु सम्मेलित छन् । कार्यक्रम अवधिमा टेष्ट ड्राइभ गरेका मध्ये, हरेक दिन लक्की ड्र मार्फत एक भाग्यसाली ग्राहकलाई सामसुङ ग्यालेक्सि जे७ स्मार्ट फोन प्रदान गर्ने आयोजकले बताएका छन् ।

सो कार्यक्रम बारे बोल्दै लक्ष्मी इन्टरकन्टिनेन्टलका सेल्स एण्ड मार्केटिङ-डिजिएम रुपेष शर्माभट्टले भने,’ग्राहकहरुलाई सधै उत्कृष्ट स्ुविधा प्रदान गर्न लक्ष्मी हुन्डाई तल्लीन रहेको छ । यस देशव्यापी कार्यक्रमले पनि ग्राहकहरुलाई उत्कृष्ट एक्स्चेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ ।’

यस हुन्डाई  एक्स्चेन्ज योजना देशभरका हुन्डाई डिलर नेटवर्कमा लागु हुनेछ ।  ग्राहकहरुको सुविधाको लागि विभिन्न कार्यक्रम र योजना आयोजना गरिरहने लक्ष्मी इन्टरकन्टिनेन्टलले यस हुन्डाई  एक्स्चेन्ज योजना मार्फत निरन्तरता दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.