३ अर्ब ३४ करोड बढी राजस्व सङ्कलन

  २०७३ माघ ५ गते १७:४२     विकासन्युज

पोखरा, ५ माघ । आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म तीन अर्ब ३४ करोड ५२ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

सो अवधिमा कार्यालयले दुई अर्ब ६५ करोड १९ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष लिएको थियो । कार्यालयले अन्तःशुल्कतर्फ एक अर्ब ६० करोड ५६ लाख रुपैयाँ , आयकरतर्फ ९९ करोड ७५ लाख रुपैयाँ, मूल्यअभिवृद्धि करतर्फ ४९ करोड ४३ लाख रुपैयाँ, घर भाडा करतर्फ आठ करोड २९ लाख रुपैयाँ,  स्वास्थ्य सेवा करतर्फ चार करोड पाँच लाख रुपैयाँ तथा शिक्षा सेवा करतर्फ दुई करोड ४० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालयका सूचना अधिकारी विजय लामिछानेले जानकारी दिएका छन् ।

आन्तरिक राजस्व कार्यालय पोखराअन्तर्गत गण्डकी र धवलागिरि अञ्चलका १० जिल्लामा एक लाख ११ हजार ५०० करदाता रहेका छन् । ६९ हजार ८०० करदातासँग व्यावसायिक स्थायी लेखा नम्बर र ४१ हजार ७०० सँग व्यक्तिगत स्थायी लेखा नम्बर लिएका करदाता रहेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.