नेपाल बैंकको हकप्रद निश्काशन गर्न बिक्री प्रबन्धकमा सिभिल क्यापिटल नियुक्त

  २०७३ माघ ५ गते १६:५०     विकासन्युज

nepal_bank_civil_bankकाठमाडौं, ५ माघ । नेपाल बैंकले २३ दशमलब ७४ प्रतिशत हकप्रद सेयर निश्काशन गर्न लागेको छ । उक्त सेयर निष्काशनका लागि बैंकले निश्काशनकर्ता तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटललाई नियुक्त गरेको छ ।

बुधबार सम्पन्न सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह तथा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पराग बिष्टले हस्ताक्षर गरेका छन् ।

बैंकका अनुसार सिभिल क्यापिटलले बैंकको हाल कायम चुक्ता पूँजीको २३ दशमलव ७४ प्रतिशतले हुने एक करोड ५४ लाख ३१ हजार आठ सय ४० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । बैंकले ५६ औं वार्षिक साधारण सभाबाट पारित भए बमोजिम प्रति एक सय कित्ता बराबर २३ दशमलब ७४ कित्ता हकप्रद सेयर निष्काशनको प्रकृया अघि बढाएको बैंकले जनाएको छ ।

हाल बैंकको चुक्ता पूँजी छ अर्ब ५० करोड रहेको छ । सो मात्राको हकप्रद सेयर निष्काशन पश्चात बैंकको कूल चुक्ता पूँजी आठ अर्ब चार करोड रुपैंया पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.