लक्ष्मी बैंकको नयाँ शाखा काठमाडौंको पुरानो बानेश्वरमा सञ्चालन

  २०७३ माघ ५ गते १६:०३     विकासन्युज

laxmi_bank_new_branchकाठमाडौं, ५ माघ । लक्ष्मी बैंकले आफ्नो नयाँ शाखा काठमाडौंको पुरानो बानेश्वरमा संचालनमा ल्याएकोे छ । बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा बुधबार उक्त शाखा संचालन गरेको हो । यस शाखा पश्चात् काठमाडौँमा लक्ष्मी बैंकको १६ वटा शाखाहरु हुनेछ ।

बैंकको शाखा संजाल अब ६५, ३ विस्तार काउन्टर अनि ८१ ए.टि.एम पुगेको छ । यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तीगत तथा साना व्यवसायकर्जा सेवाहरु प्रदान गरी व्यक्तीगत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरालई फराकिलो पार्दै जाने बैंकको लक्ष्य छ ।
आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा अनि सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्य लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.