रेमिट्यान्स वृद्धिदर ओरालो लाग्दै, निरन्तर घटिरहे अर्थतन्त्रमा समस्या आउन सक्ने

  २०७३ माघ ५ गते ८:२२     विकासन्युज

remitanceकाठमाडौं ५, माघ । बढ्दो व्यापारघाटाको अवस्थामा पनि मुलुकको भुक्तानी सन्तुलनलाई अनुकुल बनाउन उल्लेख्य योगदान पुर्याउँदै आएको रेमिट्यान्स वृद्धिदर घट्ने क्रम अझै रोकिएको छैन ।

अर्थतन्त्र धान्ने प्रमुख आधार बनेको रेमिट्यान्स आप्रवाह घट्दा अर्थतन्त्र पनि संकटमा पर्ने भन्दै सरोकारवालाहरू चिन्तित देखिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको मंसिरसम्ममा रेमिट्यान्स आप्रवाह वृद्धिदर ६ प्रतिशतमा सिमित रहेको छ ।

चालू आवको मंसिरसम्ममा रेमिट्यान्स आप्रवाह ६ प्रतिशतले वृद्धि भई २ खर्ब ८७ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा १९.४ प्रतिशतले वृद्धि भई २ खर्ब ७१ अर्ब ३७ करोड रुपैयाँ पुगेको थियो ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आउनुका साथै भारतीय अमौद्रिकीकरणको कारण रेमिट्यान्स आप्रवाहमा कमी आएको केन्द्रीय बैंकले जनाएको छ ।

चालू आवको कात्तिकमा रेमिट्यान्स ७.८ प्रतिशतले वृद्धि भई २ खर्ब ३२ अर्ब १४ करोड पुगेको छ । अघिल्लो महिनाको तुलनामा रेमिट्यान्स बढे पनि वृद्धि प्रतिशत घटेको हो । केन्द्रीय बैंकका अनुसार वैदेशिक रोजगारीमा जाने कामदारको संख्या कमी आउँदा रेमिट्यान्समा असर परेको हो ।

गत आर्थिक वर्षको मंसिरसम्ममा वैदेशिक रोजगारीका लागि विदेशिने नेपालीको संख्या ३८ हजार ३ सय ५० थियो । तर, चालू आवको मंसिरसम्ममा यो तथ्यांक घटेर ३३ हजार ५ सय ५० मा झरेको छ । कारोबार दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.