नबिल बैंकलाई आश्वाको सदस्यता प्राप्त

  २०७३ माघ ३ गते १७:३१     विकासन्युज

nabilकाठमाडौं, ३ माघ । नबिल बैंकलाई नेपाल धितोपत्र बोर्डबाट आश्वा सदस्यता प्रदान गरिएको छ ।

आश्वा प्रणाली अनुसार सेयर तथा धितोपत्रको कारोबार गर्दा आवेदन फारममा माग गरिएको संख्याको आधारमा आवश्यक रकम बैंक खातामा रोक्का जनाइ आवेदकको बैंक खातामा नै राखिन्छ । उक्त रकम शेयरको बाँडफाँड पश्चात खाताबाट आवश्यक रकम कट्टा गरी बाँकी रकम खातामा फुकुवा गरिन्छ ।

नबिल बैंकको आश्वा सदस्यताबाट बैंकले आफ्ना ग्राहकहरुलाई सेयर बाँडफाँड पश्चात चेक सकंलन गर्ने, फिर्ता गरेको चेक संकलनमा ढिलाई हुने जस्ता झन्झटहरुबाट मुक्त पार्नेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले आश्वा सदस्यता सेवाले ग्राहक महानुभावहरुलाई थप सुविधा प्रदान गर्नुका साथै सेयर कारोबार गर्ने विद्ममान झन्झटिलो प्रक्रियाबाट मुक्ति दिलाउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.