जनता बैंकलाई बोनस दर परिवर्तन गर्न राष्ट्र बैंकको निर्देशन, प्रस्तावित २० प्रतिशत बोनस सेयर १२ प्रतिशतमा झर्न सक्ने

  २०७३ माघ ३ गते १५:४१     विकासन्युज

janata-bankकाठमाडौं, ३ माघ । आर्या फर्माल्याबका मालिकहरु रतनलाल संघाई, रोहित हलान, मोहित हलान र कमल कुमार अग्रवालले औषधिको नाममा लागू औषत कारोबार गर्दा कस कसलाई कति नोक्सान भयो होला ? गलत काम गरेपछि स्वभाविक रुपमा कम्पनीका मालिकहरु समस्यामा पर्ने नै भए । कारवाहीको भागिदार हुने नै भए ।

तर पीडा उनीहरुमा सीमित छैन । त्यो कम्पनीमा काम गर्ने कर्मचारीहरुको जागिर नै धरापमा पर्यो । साथै सोही कम्पनीलाई कर्जा दिने जनता बैंक नेपाल र उसको दशौं हजार सेयरधनीलाई ठूलो आर्थिक नोक्सानी भएको छ । यसपाली जनता बैंकका सेयरधनीले पाउने नाफाको ठूलो हिस्सा घट्ने भएको छ ।

गत असोजमा जनता बैंक सञ्चालक समितिले सेयरधनीलाई १९.९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेर स्वीकृतिको लागि राष्ट्र बैंकमा प्रस्ताव गरेको थियो । तर राष्ट्र बैंकले आर्या फर्माल्यावमा प्रवाह भएको कर्जा प्रोभिजन गर्नु पर्ने जनाउँदै बोनस दर परिमार्जत गर्न जनता बैंकलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले दिएको निर्देशन अनुसार प्रोभिजन गर्दा बैंकले सेयरधनीलाई करिव १२ प्रतिशत मात्र बोनस दिन सक्ने सम्बद्ध स्रोतले बतायो । संघाईको लागू औषध कारोबारको परिणाममा जनता बैंकका सेयरधनीले करिब ८ प्रतिशत लाभांश गुमाउनु पर्ने भएको छ ।

आर्या फर्माल्याव प्रालिले कर्जाको सावा र व्याज किस्ता नियमित नतिरेपछि बैंकले कम्पनीका सञ्चालकहरु रतनलाल संघाई, रोहित हलान, मोहित हलान र कमल कुमार अग्रवाललाई कर्जा भुक्तानी गर्न सार्वजनिक सूचना प्रकाशन गरिसकेको छ । ३५ दिनभित्र कर्जा भुक्तानी नगरेमा धितो लिलामी गर्ने, कर्जा सूचना केन्द्रमा कालोसूचिमा राख्ने, सम्पूर्ण कानुनी विधि प्रयोग गरेर बैंकको लिन बाँकी रकम असुल गर्ने बैंकले जनाएको छ ।

सम्बन्ध स्रोतका अनुसार आर्या फर्माल्याप प्रालिको नाममा जनता बैंकले करिव ४० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । कर्जा प्रवाह गर्दा धितो पनि प्रयाप्त रहेको, रतनलाई संघाई, पवनकुमार संघाईको नाममा रहेको विभिन्न बैंकमा रहेको प्रवद्र्धक सेयर बिक्री गर्न राष्ट्र बैंकले रोक लगाएको कारण ढिलै भए पनि कर्जा पुरै उठ्नेमा जनता बैंक विश्वस्त देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.