नेप्से परिसूचक दोहोरो अंकले ओरालो लाग्दा ५८ करोडको सेयर कारोबार

  २०७३ माघ ३ गते १५:३४     विकासन्युज

nepse_mondayकाठमाडौं, ३ माघ । सोमबारको सेयर बजारमा नेप्से परिसूचक दोहोर अंकले ओरालो लागेको छ । परिसूचक ११ दशमलब ६३ अंकले ओरालो लागेर १४४६ अंकमा झरेको छ । सोमबार नेप्से परिसूचकमा गिरावट आएता पनि कारोबार रकममा भने केही सुधार भएको छ । सो दिन बजारमा ५८ लाख १६ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा १२९ कम्पनीको ७६ लाख ५१ करोड कित्ता सेयर किनबेच भएको छ । आइतबारको तुलनामा सोमबार करिब ३२ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

प्रभु बैंक लिमिटेड प्रमोटर सेयरको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको २० करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । सोमबार बैंकको सेयर मूल्य प्रतिकित्ता २०१ रुपैयाँ रहेको छ । त्यस्तै, स्ट्याडाण्र्ड चाटर्ड बैंकको ५ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ ।

सो दिन ग्रीन डेभलपमेन्ट बैंकका लगानीकताले करिब १० प्रतिशत कमाएका छन् । ९ दशमलब ९० प्रतिशतले सेयर मूल्य बढेको ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ५६६ रुपैयाँ रहेको छ ।

बजारमा तीन वटा कम्पनीका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् । सबैभन्दा बढी कर्नाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् । त्यस्तै, खानीखोला हाइड्रोपावर कम्पनी र प्रभु बैंकका लगानीकर्ताले क्रमशः ९.९१ र ९.८७ प्रतिशत गुमाएका छन् ।

दोहोरो अंकले घटेको बजारमा फाइनान्स समूहकको परिसूचक बाहेक अन्य समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १३० अंकले ओरालो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.