लोकमानले देश छाडे, फर्कने टुंगो नराखि परिवासहित विदेशीए

  २०७३ माघ ३ गते ७:३७     विकासन्युज

lok-manकाठमाडौं ३, माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अयोग्य सावित भएका प्रमुख लोकमानसिंह कार्की आइतबार बिहान परिवारसहित भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

उनी स्वास्थ्य उपचारको लागि त्यसतर्फ लागेको बताइएपनि कहिले फर्कन्छन् भन्ने खुलेको छैन । विमानस्थलका डीआईजी गोविन्द निरौलाले दिएको जानकारी अनुसार कार्की आफूसमेत परिवारका ४ सदस्यका साथ आइतबार बिहान ९ बजे विमानस्थलबाट प्रस्थान गरेका हुन् ।

लोकमानलाई सर्वोच्च अदालतले अयोग्य भनेर उनको नियुक्ति बदर गरेपनि उनि पदमुक्त भएका थिए । संसदले पनि उनलाई महाअभियोग प्रस्तावमार्फत हटाउने प्रयास गरिरहेको थियो । नेपाल समाचार पत्र दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.