स्ट्याण्डर्ड चार्टर्ड बैंकमा नेपालीको सेयर ३० प्रतिशत पुग्दै, आगामी वर्ष १०० प्रतिशत बोनस सेयर, एफपीओ निष्काशन गर्ने जिम्मा एनएमबी क्यापिटललाई

  २०७३ माघ २ गते २२:३१     विकासन्युज

काठमाडौं, २ माघ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल एफपीओ निष्काशन गर्नको लागि एनएमबी क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्ती गरेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत जोशेफ सिल्भानस र एनएमबी क्यापिटल प्रमुख कार्यकारी अधिकृत श्रीजेस घिमिरेबीच एफपीओ निष्काशन सम्बन्धि कार्य गर्नेबारे सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
scb_Nmb
यस बैंकले प्रतिकित्ता १०० अंकित सेयरमा ११९० रुपैंयाँ प्रिमियम थपेर प्रतिकित्ता १२९० रुपैयाँमा २५ लाख ५८ हजार १४० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । बैंकले प्रिमियममा सेयर निष्कासन गरेपछि ३ अर्ब ३० करोड ६ सय रुपैंयाँ पुजी वृद्धि हुने जनाएको छ ।

स्ट्याण्र्ड चाटर्ड बैंक नेपालले दीर्घकालिन व्यवसायको सम्भावना र देशको आर्थिक वृद्धि सम्भावना देखेर राष्ट्र बैंकको नीतिअनुसार सेयर पुँजी २ अर्बबाट वृद्धि गरी ८ अर्ब बनाउन लागेको जनाउँदै बैंकका प्रबक्ता दीवाकर पौडेलले भने–‘बैंकले एफपीओ निष्काशन गरी बैंकका वर्तमान सेयरधनी र नयाँ सेयरधनीलाई सहभागि गराउँदै पुँजी वृद्धि गर्न लागेको हो ।’

हाल यस बैंकको सेयर पुँजी ३ अर्ब ७५ करोड रुपैयाँ छ । २५ लाख ५८ हजार १४० कित्ता सेयर निष्काशन गरेपछि बैंकको चुक्ता पुँजी ४ अर्ब ५७ लाख रुपैयाँ हुनेछ ।

प्रिमियबाट ३ अर्ब ४ करोड रुपैयाँ उठ्ने छ भने चालु आर्थिक वर्षको कम्तिमा एक अर्ब रुपैयाँ वितरणयोग्य नाफा आर्जन गर्न सकिने बैंकको योजना छ । नाफा र प्रिमियम जोड्दा सेयरधनीलाई वितरण योग्य कोष ४ अर्ब ४ करोड रुपैयाँ भन्दा बढी हुनेछ । सोही रकमबाट बैंकले आगामी आर्थिक वर्षमा १०० प्रतिशत बोनस सेयर दिने योजना बनाएको छ ।

हाल बैंकमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालमा स्ट्याण्डर्ड चार्टर्ड ग्रुपको ७५ प्रतिशत सेयर छ भने नेपालीको २५ प्रतिशत छ । एफपीओ निष्काशन पछि ग्रुपको हिस्सा ७० दशमलव २२ प्रतिशतमा झर्नेछ भने नेपालीको सेयर २९ दशमलव ७८ प्रतिशत हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.