सिटिजन्स बैंक इन्टरनेसनलले जारी गर्यो इएमभीमा आधारित चिप कार्ड

  २०७३ माघ २ गते १७:४८     विकासन्युज

citizen_inte_bankकाठमाडौं, २ माघ । सिटिजन्स बैक इन्टरनेसनल लिमिटेडले माघ महिनादेखि भिसा डेविट तथा क्रेडिट कार्डहरु अब इएमभीमा आधारित चिप कार्ड जारी गरेको छ । ग्राहकहरुसँग रहेको पुराना म्याद नाघेको म्यागनेटिक स्ट्रिप कार्ड नविकरण गर्दा अनिवार्य रुपमा चिप वितरण गर्ने बैंकले जनाएको छ । साथै, बैंकका अनुसार ग्राहकवर्गसँग रहेको म्याद ननाघेको म्यागनेटिक स्ट्रिप कार्ड परिवर्तन गर्न चाहेने ग्राहक वर्गको लागी न्यूनतम शुल्क लिई परिवर्तन गरि दिने व्यवस्था गरिएको छ ।

बैंकले हाल नेपाल र भारतमा प्रयोग गर्न सकिने डोमेस्टिक डेबिट र क्रेडिट कार्डका साथै बिश्वव्यापि रुपमा प्रयोग गर्न सकिने इन्टरनेशनल डलर डेविट एवं क्रेडिट कार्ड संचालनमा रहेको छ । चिपमा आधारित कार्डको प्रयोगवाट हुने कारोवार सुरक्षित एवं भरपर्दो हुने हुँदा डाटा चोरी एवं अनधिकृत कारोवार हुने सम्भावना न्यून रहने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकले आफ्नो ५८ वटा शाखा र ९७ वटा शाखारहित आधुनिक बैंकिङ्ग सेवाबाट करिब ५ लाख ग्राहाकहरुलाई सेवा प्रदान गरिरहेको छ । हाल बैंकको उपत्यका भित्र २७ र उपत्यका बाहिर २६ वटा गरी कुल ५३ वटा ए.टि.एमहरु सञ्चालनमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.