नागार्जुन दरबार मुनी ४ लेनको सुरुङ मार्ग, हलचोकको डाडामा ७ सय मिटर लामो अर्काे सुरुङ

  २०७३ माघ २ गते १७:१६     नारायण पौडेल

tunnelकाठमाडौं, २ माघ । पुर्व राजा ज्ञानेन्द्र शाह बस्ने नागार्जुनको दरबार मुनी ४ लेनको सुरुङ मार्ग बन्ने भएको छ ।
बाहिरी चक्रपथ विकास आयोजनाले नागार्जुन दरबार मुनी ३५० मिटर लामो २५ मिटर चौँडाईको सुरुङ मार्ग बनाउन लागेको हो ।

यो सुरुङ मार्ग पौँयाटार/पुरानो गुहेश्वरीबाट सुरु भएर बोहराटारमा निस्कनेछ । सो सुरु मार्ग भित्र बाहिरी चक्रपथ आयोजनाको ४ लेनको सुबिधा सम्पन्न सडक रहनेछ । ‘नागार्जुन दरबार मुनी ३५० मिटर लामो सुरुङ बन्छ, त्यसमा २५ मिटर चौडाईको ४ लेन सडक रहन्छ’, बाहिरी चक्रपथ विकास आयोजनाका अधिकृत ध्रब सापकोटाले भने ।

outer_ring_road_tunnel

बैजनी रङको बाहिरी चक्रपथ सडक र सुरुङ मार्ग बनाउने भनिएको नागार्जुन पहाड तथा हलचोक डाडा

सुरुमा टोखाबाट नेपालटार, बाइपास, बालाजु हुँदै सितापाइलासम्म बाहिरी चक्रपथ लैजाने भनिएको थियो । त्यसो गर्दा बालाजुदेखि सितापाइलासम्म हालको चक्रपथ र बाहिरी चक्रपथ जोडिन्थ्यो । तर सोही क्षेत्रमा बढि सडक जाम हुने गरेको तथ्य उजागर भएपछि त्यसलाई छल्न सुरुङको अवधारणा ल्याएको हो ।

‘बालाजुदेखि हलचोकसम्मको सडकमा बढि चाप देखियो, अहिलेकै चक्रपथमा बाहिरी चक्रपथ मिलाउँदा झन थेग्न मुस्किल हुने देखेपछि सुरुङको विकल्प अघि सारिएको हो ।’, सापकोटाले भने । त्यस्तै हलचौकको डाडामा पनि करिब ७०० मिटर लामो अर्काे सुरुङ मार्ग निर्माण हुने भएको छ । त्यसमा पनि २५ मिटर लामो सुरुङ भित्र ४ लेनको सडक बन्नेछ । नैकापको किट्नी डाडामा पनि करिब १५० मिटर लामो अर्काे सुरुङ निर्माण हुनेछ ।

बाहिरी चक्रपथ आयोजनाले सतुंलदेखि ६ दशमलब ६१८ किलोमिटर खण्डमा नापी नक्सा मिलानको काम गरिरहेको छ । त्यसमा कुल ८ हजार ९ सय ५२ रोपनी जमिन पर्छ । नापी नक्सा एकिन हुने वित्तिकै पाइलट प्रोजेक्टका रुपमा जग्गा अधिग्रहणको तयारी भैरहेको उनले बताए । आयोजनाले सो खण्डको डिपिआर स्विकृतिका लागि मन्त्रालय पठाएको छ र मन्त्रालयले क्याबिनेटमा पेश गर्नेछ । क्याबिनेटले स्विकृत गर्ने वित्तिकै काम अघि बढाउने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.