चन्द्रागिरि केबलकारको टिकट खरिदमा छुट, प्रतिटिकट मूल्य १०८ रुपैयाँ मात्र

  २०७३ माघ २ गते १५:२६     विकासन्युज

chandragiri_kabilcatकाठमाडौं, २ माघ । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा संचालित चन्द्रागिरि केबलकारको टिकट खरिदमा छुटको व्यवस्था गरिएको छ ।  माघ महिनामा पर्ने सोमबार भगवान शिवका लागि पवित्र बार हुने विश्वास अनुरुप बिहान भालेश्वर महादेवको दर्शन गर्न जाने दर्शनार्थीको सुविधालाई ध्यानमा राखेर उक्त व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

माघ महिनाको प्रत्येक सोमबार पहिला टिकट खरिद गर्ने १०८ जनाले १०८ रुपैयाँमा नै टिकट प्राप्त गर्ने छन् । यस व्यवस्था अन्तर्गत एक जनाले एउटा मात्र टिकट लिन पाउनेछन् भने टिकट काठमाडौं थानकोट स्थित कम्पनीको टिकट काउन्टरबाट मात्र लिनु पर्नेछ । यसरी खरिद गरिएका टिकट सोहि दिनका लागि मात्र मान्य हुनेछन् । यो छुटको अवधिमा एक सय आठ टिकट लिनेहरुले अन्य छुट भने नपाउने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.