कैलाश विकास बैंकको २५ प्रतिशत बोनस सेयर पारित, अध्यक्षमा राजेन्द्र गिरी चयन

  २०७३ माघ २ गते १३:४७     विकासन्युज

काठमाडौं, २ माघ । कैलाश विकास बैंक लिमिटेडको २५ प्रतिशत बोनस सेयर पारित भएको छ । उक्त प्रस्तावलाई बैंकको २३ औं वार्षिक साधारण सभाले पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७२/०७३ को वासलात तथा सोही अवधिको नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण समेत पारित गरेको छ ।

kailash_agm

सभाले संस्थापक समूहबाट राजेन्द्र गिरी, सुनिल नारायण श्रेष्ठ र नारायण पौडेल तथा सर्वसाधारण समूहबाट चिन्तामणी पाण्डे, उद्धब राज पुरी र कबिराज पौडेल गरी जम्मा ६ सदस्यीय संचालक समिति समेत निर्विरोध निर्वाचित गरेको छ । साथै, सोही दिन बसेको बैंक संचालक समितिको बैठकले राजेन्द्र गिरीलाई संचालक समितिको अध्यक्षमा सर्बसम्मत रुपमा चयन गरेको छ ।

सो मात्राको बोनस पश्चात संस्थाको बोनस सेयर जारी पश्चात चुक्ता पूँजी १ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । संस्थाले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेको २० प्रतिशत हकप्रद निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी २ अर्ब २९ करोड रुपैयाँ पुग्नेछ ।

हालसम्ममा बैंकले १५ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी १४ अर्ब ४८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । संस्थाले विभिन्न जिल्लाका ३८ शाखा मार्फत इन्टरनेट बैंकिङ्ग, एसएमएस बैंकिङ्ग सुविधा सहित १७ वटा एटिएम मेशिन द्वारा आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.