फेवा विकास बैंकको २० दशमलब ६० प्रतिशत बोनस तथा मर्जर प्रस्ताव पारित

  २०७३ माघ २ गते १३:०६     विकासन्युज

काठमाडौं, २ माघ । फेवा विकास बैंक लिमिटेले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको २० दशमलब ६० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावलाई पारित गरेको छ । बैंकको उक्त प्रस्तावलाई हालै सम्पन्न बैंकको नवौ वार्षिक साधारण सभाले पारित गरेको हो ।

fewa_9th_agm

साथै सभाले फेवा विकास बैंक लिमिटेड तथा गण्डकी विकास बैंक लिमिटेड एक आपसमा गाभ्ने/गाभिने(मर्ज गर्ने) सम्बन्धी विशेष प्रस्तावलाई समेत सर्वसम्मत रुपमा पारित गरेको छ । आर्थिक वर्ष २०७३/७४ को प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार दुवै संस्थाको कुल चूक्ता पूँजी १ अर्व ८४ करोड रुपैयाँ रहेको छ । हाल बैंकको देशभर कुल ५० वटा शाखा कार्यालयहरु रहेका छन् ।

सभाले बैंकको केन्द्रिय कार्यालय नेपाल राष्ट्र बैंकको स्वीकृती लिई काठमाडौं महानगरपालिमा स्थान्तरण गर्ने एवं मर्जर पश्चात कायम हुने चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.