संघाई समूहको व्यवसायिक यात्रा ओरालो लाग्यो, पवन संघाई, रतनलाल संघाई र उनका व्यापारिक साझेदार कालोसूचिमा पर्दै, के होला जनता बैंकको ऋण ?

  २०७३ माघ २ गते ११:०२     विकासन्युज

काठमाडौं, २ माघ । औषधिको नाममा लागू औषध कारोबार गर्दागर्दै रतनलाल संघाई पक्राउ परेपछि संघाई समूहको व्यवसायिक यात्रा ओरालो लागेको छ । आर्या फर्माल्याव प्रालिको नाममा लिएको कर्जा भुक्तानी नगरेपछि यस कम्पनीको सञ्चालकहरुमा रतनलाल संघाई, रोहित हलान, मोहित हलान र कमल कुमार अग्रवाललाई कर्जा भुक्तानी गर्न जनता बैंक नेपालले सार्वजनिक सूचना प्रकाशन गरेको छ ।
Ratan_pawan
३५ दिनभित्र कर्जा भुक्तानी नगरेमा धितो लिलामी गर्ने, कर्जा सूचना केन्द्रमा कालोसूचिमा राख्ने, सम्पूर्ण कानुनी विधि प्रयोग गरेर बैंकको लिन बाँकी रकम असुल गर्ने बैंकले जनाएकोछ । रतनलालको साथै उनका भाई पवन कुमार संघाई, उनका व्यवसायिक साझेदारहरु शंकरलाल हलानका छोराहरु रोहित हलान, मोहित हलान, रतनलालका भतिज कमल कुमार अग्रवाललाई बैंकले कर्जा भुक्तानी गर्न सार्वजनिक रुपमा ताकेता गरेको छ ।

सम्बन्ध स्रोतका अनुसार आर्या फर्माल्याप प्रालिको नाममा जनता बैंकले करिव ४० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । उक्त कर्जा असुली गर्न नेपाल राष्ट्र बैंकले ताकेता गरिहेको छ । यहि कर्जाको जोखिमसँग जोडेर राष्ट्र बैंकले जनता बैंकको बोनस प्रस्ताव स्वीकृत गरेको छैन ।
औषधिको नाममा लागूऔषध कारोबार गरेको पाईएपछि कम्पनीको कारोबार, बैंक खाता सबै रोक्का गरिएको छ । गत साउनयता कम्पनीले बैंकको किस्ता, व्याज भुक्तानी गरेको छैन ।

गत साउनमा लागूऔषध नियन्त्रण ब्युरोले रतनलाल संघाई र मोहित हलनलाई पक्राउ गरेपछि नेपाल राष्ट्र बैंकले कम्पनीका चार जना सञ्चालक सहित साक्षी बसेको पवनकुमार संघाईको बैंक खाता र लकर रोक्का गरिएको छ । पक्राउ परेका दुबै जना छुटेका छन् । पवनकुमार संघाई अहिले पनि फरार अभियुक्तको प्रहरी सूचिमा सूचिकृत छन् । उद्योग पुरै बन्द अवस्थामा छ ।

पवन संघाईसँगै पूर्व सभासद् मधुसुधन अग्रवाल पनि फरार, कहाँ-कहाँ छ संघाई ग्रुपको बिजनेश कनेक्सन ? 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.