विमानस्थलको सफाईमा नयाँ कम्पनीको प्रवेश, ६ महिनाभित्रै सेवा सुधारको प्रतिवद्धता

  २०७३ माघ १ गते ११:०७     विकासन्युज

Tribhuvan International Airportकाठमाडौं १, माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सफाईमा आजैबाट नयाँ कम्पनीको प्रवेश भएको छ । इनोभेटिभ एचाआर सोलुसन प्राली नामक कम्पनीले आजबाट अन्तर्राष्ट्रिय विमानस्थलको सफाइको जिम्मा पाएको छ ।

यो कम्पनीले आगामी ६ महिनाको मात्रै जिम्मा पाएको भएपनि निर्धारित समयभित्रै विमानस्थलको छवि सुधार गर्ने सफाई कम्पनी इनोभिटभ एचाआर सोलुसनका प्रवन्ध निर्देशक रोहिणी भट्टराईले बताए । उनका अनुसार यस अघिको खराब छविलाई सुधार गर्ने र ६ महिनापछिको जिम्मेवारी पनि आफैंले पाउने विश्वास विकासन्युजलाई दिएका छन् ।

नयाँ कम्पनीले पुरानो प्रणालीलाई परिवर्तन गर्ने र काम गर्ने शैलीमा नयाँपन दिने प्रतिवद्धता व्यक्त गरेको छ । काम गर्ने वातावरण व्यवस्थापन पक्षले दिने र राजनीतिकक हावि नहुने हो भने विमानस्थलको छवि सुधार्न सहजै सकिने पनि इनोभेटिभको भनाइ छ ।

मजदुरको हितमा काम गर्ने

करीब १५० जना मजदुरबाट सेवा लिइरहेका यो कम्पनीले मजदुरको हितमा काम गर्ने बताएको छ । यो कम्पनीले ६ महिनाको लागि मात्रै सेवा गर्न टेण्डर पाएको भएपनि सन्तोषजनक सेवा दिने र थप समयको व्यवस्थाको जिम्मा पनि पाउने विश्वास लिएको छ । यो कम्पनीको अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले मजदुरको तलव बढाउन पनि सहमत भएको छ ।

प्राधिकरणको एक तहका कर्मचारीको सहज तलव सुविधा दिने विषयमा कम्पनीले प्राधिकरणसँग सहमति गरेको छ । यो सहमति पछि मदजुरको तलव पनि बढ्ने भएको छ । यसबाट हाल १२ हजार खानेको मजदुरको तलव करीब १६ हजार पुग्ने पनि उल्लेख छ
यस अघि स्वनिगा नामक कम्पनीले विमानसथलमा सफाई सुविधा दिएको थियो । मजदुरको समस्या र विमानस्थल कार्यालयको असहयोगका कारण उसले वर्षोदेखि दिँदै आएको सेवाबाट हात झिकेको हो ।

मजदुरको दबाबाका कार्यक्रम जारी
विमानस्थलका मजदुरले न्यनुतम १६ हजार तलव पाउने भएपनि अन्य सेवा सुविधा भने नदिएकोले दबाबका कार्यक्रम भने जारी रहेने मजदुरको भनाइ छ । मजदुर युनियका तर्फबाट प्रतिनिधित्व गरेको युनिट्रभका महासचिव सुमन पराजुलीका अनुुसार मजदुरको माग अनुसारको न्युनतम सेवा सुविधा अझै नपाएकोले दबाबका कार्यक्रम भने जारी रहने छ ।

उनका अनुसार विमनस्थल कार्यालय वा ठेकेदार जसले दिए पनि मजदुरलाई न्युनतम पारिश्रमीक र चाडवाड खर्च दिएका छैनन्
प्रतिदिन पहिले चार सय रुपैयाँ मात्रै दिने व्यवस्थामा अब प्रतिदिन पाँच सय ३५ रुपैयाँ भने पाउने भएका छन् । यसले गर्दा प्रति मजदुरले १२ हजार पाउनेले १६ हजार पाउँछन् ।

नियुक्तिपत्र, उपदान, सेवा सुविधा पाउनुपर्छ । संचयाकोषको सुविधा पनि पाउनुपर्ने भएकोर नेपाल वायुसेवा निगमका मजदुरको माग पूरा भने नभएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.