एनएमबी बैंकद्धारा ट्राफिक व्यवस्थापनका लागि मानवरहित हवाई विमान प्रदान

  २०७३ पुष २९ गते १७:५५     विकासन्युज

काठमाडौं, २९ पुस । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यले एनएमबी बैंकले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई शुक्रबार मानवरहित हवाई विमान (ड्रोन) प्रदान गरेको छ ।

drone

बैंकका प्रमुख कार्यकारी निर्देशक उपेन्द्र पौडेलले ‘डेल्टा जुलियट इन्डिया ब्रान्डको पेन्टम फोर प्रो’ नामक हवाई विमान महाशाखाका प्रमुख प्रकाश अर्याललाई हस्तान्तरण गरे । उक्त विमान रिमोट कन्टोलमार्फत आकाशमा उड्ने र उपत्यकाको ट्राफिक अवस्थाबारे मोबाइलमार्फत महाशाखालाई जानकारी दिनेछ ।

महाशाखाका प्रमुख अर्यालले बढ्दो ट्राफिक जाम न्यूनीकरण गर्न तथा ट्राफिक उल्लङ्घनका घटना कम गर्न सो प्रविधिले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले ट्राफिक व्यवस्थापनका लागि प्रविधिका साथसाथै स्वयं सवारीधनी नै सचेत हुनुपर्नेमा जोड दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.