बजारमा सुनको चरम अभाव, अडर लिन सकिदैन, तस्करलाई पोत्साहान गर्दै सरकार

  २०७३ पुष २९ गते १५:३५     विकासन्युज

gold2काठमाडौं, २९ पुस । टंगालकी दुर्गा घिमिरे आफ्नी छोरीलाई सुनको चुरा बाला किन्न नक्सालस्थित देव कर्नर गइन् । उनलाई बजारमा सुन अभाव भएकाले एक महिनाभन्दा यता बाला बनाउन नसक्ने भनि फर्काइयो । कपनका रामबाबु आफ्नो छोराका पास्नीका लागि आवश्यक गहना बनाउन सुन पसल गएका थिए । उनले पनि आफ्नो छोराको साइजको बाला, मुन्द्रीलगायतका गहना नपाउपछि थोरै हो अडर लिइदिनुस् भने तर, व्यवसायीले सुन आउने निश्चित छैन, अडर लिँदा अपठ्यारो पर्छ भनि अडर लिएनन् ।

बजारमा सुन नभएको भन्दै स्थापित व्यवसायीहरुले ग्राहकलाई फर्काइ रहेका छन् भने साना तथा रातारात धनी हुन खोज्ने व्यवसायीले तस्करीकै सुन किनेर उल्टो उपभोक्तासँग बढी रकम असुली रहेका छन् । धेरै गहना पसलेहरुले ग्राहकहरु सुन किन्न जाँदा पनि शसकिंत भएर हेर्ने र उसलाई आवश्यता छ भनी थाहापाएपछि बढी मूल्य तिर्न बाध्य गराएर सुन विक्री गर्ने गरेका छन् ।

बजारमा सुनको चरम अभाव भएको छ । आयातित कोटाले बजार माग धान्न नसकेपछि बजारमा सुनको चरम अभाव भएको हो । पुस लागेदेखिनै अभाव हुन थालेपछि मसान्तसम्म आइपुग्दा सुन अभावका कारण व्यवसायीहरु गहनाको अडरै लिन नसक्ने अवस्थामा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । ‘बैंकहरुसँग सुन छैन, अडर लिन सकिएको छैन, ग्राहकहरुलाई त्यतिकै फर्काउनु परेको छ,’ सुन नपाएसम्म अडर लिन सकिदैन ।’

हाल बजारमा दैनिक ४५ देखि ५० किलोसम्म सुनको माग छ, तर सरकारी कोटा अनुसार १५ किलोमात्र सुन आउँछ, अनि कसरी बजार धान्न सकिन्छ, उनले प्रतिप्रश्न गरे । ‘दैनिक ५ देखि ७ किलोसम्म पुराना सुन आएपनि त्यतिले बजार धान्दैन,’ उनले भन्छन् ‘बजारमा अभाव भएको मौका तस्करहरुले छोप्ने गर्छन ।’ तस्करहरुलाई प्रोत्साहन सरकार आफैले गरिरहेको आरोप महासंघले लगाएको छ । औसतमा हामीलाई दैकि ३० किलो सुन आवश्यक पर्ने महासंघको हिसाव छ ।

जबजब बजारमा सुनको अभाव हुन्छ तबतब सुन तस्करहरु मौलाउँदै गएको र सुनको उनको भनाइ छ । ‘सरकारले सुन आयातको दीर्घकालीन उपाय व्यवसायी आफैलाई आवश्यकता अनुसार ल्याउन नछाडेसम्म तस्करीहरुले यसरीनै मौका छोपी रहने उनले बताए ।

यहि मौका छोपेर अहिले बजारमा प्रतितोला सुनमै ३ हजार रुपैयाँभन्दा बढी लिएर कारोबार भइरहेको शाक्यले बताए । ‘धेरै आवश्यकता हुनेले सुन नपाएपछि र गहनाको लागि अडर समेत नलिएपछि उपभोक्ताहरु आफ्नो गर्जो टार्नको लागि बढी रकम तिर्न वाध्य भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.