बसपार्क बनाउन एक रोपनी जग्गा निःशुल्क प्रदान

  २०७३ पुष २९ गते १४:४८     विकासन्युज

सोलुखुम्बु, २९ पुस । स्थानीय दूधकुण्ड नगरपालिका- ६ कुलनारायण श्रेष्ठले बसपार्क निर्माणका लागि दूधकुण्ड नगरपालिकालाई एक रोपनी एक आना जग्गा निःशुल्क प्रदान गरेका छन् ।

सदरमुकामस्थित दोर्पुबजारमा हाल प्रतिआना तीन लाख पर्ने रु ५१ लाख मूल्य बराबरको सो जमिन दाता श्रेष्ठले उपलब्ध गराएका हुन् । नगरपालिकाले हाल जिरो प्वाइन्टको रुपमा प्रयोग गरिरहेको स्थान अत्यन्तै साँघुरो भएकोले खुल्ला स्थानमा जिरो प्वाइन्ट बनाइएकाले आवागमनका लागि सहज भएको छ ।

नगपालिकाले जग्गादाता श्रेष्ठलाई नगर परिषद्का अवसरमा सम्मान समेत गरेको छ । श्रेष्ठले जग्गा उपलब्ध गराएर बसपार्क निर्माण गर्न सहज भएको नगरपालिकाका कार्यकारी अधिकृत गुणराज भटराईले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.