सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा डा. बिनोद आत्रेय नियुक्त

  २०७३ पुष २९ गते १४:२४     विकासन्युज

Dr.-Binod-Atreyaकाठमाडौं, २९ पुस । सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा डा. बिनोद आत्रेय नियुक्त भएका छन् । बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आत्रेयलाई आगामी चार वर्षे कार्यकालका लागि सञ्चालक नियुक्त गरेको हो । आत्रेयले नियुक्त पाएकै दिन देखि कम्पनीको कार्यभार सम्हाल्नेछन् ।

उनीले नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेर कार्यकारी निर्देशक पदबाट अवकाश पाएका थिए । राष्ट्र बैंकमा रहदा उनले नेपाल बैंकमा करिव ३ वर्ष प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समालेका थिए । हाल उनी व्यवसायिक घराना विशाल ग्रुप निकट भएर विभिन्न कम्पनीको जिम्मेवारी समाल्दै आएका छन् । डा आत्रेय हाल इमर्जी नेपाल लिमिटेड कम्पनीको प्रमुख कार्यकारी अधिकृत समेत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.