एलजीले ल्यायो ‘इञ्जोय टिभी रेञ्ज’ बजारमा

  २०७३ पुष २९ गते १३:४३     विकासन्युज

lg_tv_real_enjoyकाठमाडौं, २९ पुस । एलजी ब्राण्डले ब्रिङगिङ् रिएल जोए इन योर लाइफ भन्ने ‘इञ्जोय टिभी रेञ्ज’ बजारमा ल्याएको छ । अन्य कम्पनी तथा ब्राण्डको तुलनामा उक्त टिभी फरक र अतुलनिय रहेको कम्पनीले जनाएको छ ।

उक्त टिभीमा ट्रियू करल एकुरेसी, ठूलो साइज, प्रष्टता, मेटालिक डिजाइन जस्ता विभन्न विशेषता रहेको कम्पनीले जनाएको छ । साथै, टिभीको एन्टी सक स्क्रीनमा वास्तविकता तथा एकरुपता पाइने छ भने यसका ३२ र त्यस माथिका सबै मोडलका टिभीहरुमा आइपिइस प्यानलहरु रहेका छन् ।

इञ्जोय टिभी सेरिजले दर्शकलाई भरपुर मनोरञ्जन दिनुका साथै सबै दृष्टिकोणबाट कोलाहल प्रकाश आदीबाट सुरक्षित र स्वतन्त्रता महशुस गराउँदछ । जसले श्रोत र उर्जाको उचित बचत गर्नुका साथै विभिन्न अनौठा र नयाँ नयाँ गेमहरु पनि डाउनलोड या सेटिङ्ग गरेर हेर्न सकिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.