स्ट्याण्डर्ड चाटर्ड बैंकद्धारा १२९० रुपैयाँ प्रिमियम मूल्यमा सेयर निष्कासन प्रस्ताव

  २०७३ पुष २९ गते १२:४४     विकासन्युज

scb_nepalकाठमाडौं, २९ पुस । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपालले १२९० रुपैंयाँ प्रिमियम सेयर निष्काशन गर्ने प्रस्ताव अघि सारेको छ । बैंकले एक सय रुपैंयाँ मूल्य अंकित सेयरमा ११९० रुपैंयाँ प्रिमियम मूल्य थपेर सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

बैंकले २५५८१४० कित्ता प्रिमिय सेयर निष्काशन गर्ने जनाएको छ । बैंकले प्रिमियममा सेयर निष्कासन गरेपछि ३ अर्ब ३० करोड ६ सय रुपैंयाँ पुजी वृद्धि हुनेछ । बैकको बिहिबार बसेको सञ्चालक समिति बैठकले प्रिमियम मूल्यमा सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।

सो प्रस्ताव शुक्रबार नै धितोपत्र बोर्डमा पेश गरिसकेको छ । बोर्डले अनुमति दिएपछि बैंकले प्रिमिय मूल्यमा सेयर निष्काशनको प्रक्रिया अघि बढाउनेछ । ८ अर्ब पुँजी पुर्याउनुपर्ने नेपाल राष्ट्र बैंकको निती अनुसार बैंकले प्रिमियममा सेयर निष्काशन गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.